२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

स्थायी कमिटी बैठकको एजेण्डाबारे ओली दाहालबीच छलफल

  • २०७७ अषाढ ९, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बोलाइएको स्थायी कमिटको बैठकको बिषयलाई लिएर भेटवार्ता भएको हो।

    प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच अहिलेको अवस्थामा देखा परेको विभिन्न समसामयिक बिषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए। ‘उहाँहरुको भेटवार्ता सकिसकेको छ। अहिले उहाँहरुबीच छलफल गर्नुपर्ने बिषयवस्तु धेरै छन्। तीनै बिषयमा छलफल गर्नुभएको हो’ उनले भने।

    नेकपाले बुधबार स्थायी कमिटीको बैठक बोलाएका छ। स्थायी कमिटीको बैठक एजेण्डाको बिषयमा छलफल गर्नका लागि ओली र दाहालबीच भेटवार्ता भएको बुझिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस