२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, २२ सय डिस्चार्ज

  • २०७७ अषाढ ९, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौंः नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ। मंगलबार ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १० हजार नाघेको हो।

    स्वास्थ्य तथा जसंख्या मन्त्रालयलेका प्रवक्ता जागेश्वर गौतमका अनुसार गौतमका अनुसार मंगलबार ९० महिलासहित ५ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्। नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको बताए।

    मंगलबार ७६ जना गरी अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका उनले जनाए।

    हाल ७ हजार ८ सय ५१ जना संक्रमित उपचारका लागि विभिन्न अस्पतालका आइसोलेसनमा राखिएको छ। मंगलबार पिसिआर विधिबाट ४ हजार ९ सय ९५ गरी अहिलेसम्म १ लाख ८६ हजार ३ सय ६६ जनाको परीक्षण भएको छ।

    यस्तै मंगलबार आरडिटी विधिबाट ३ हजार ४ सय ८१ गरी अहिलेसम्म २ लाख ७१ हजार ५ सय ८४ जनाको आरडिटी परीक्षण गरिएको छ। हाल ८५ हजार ८ सय १३ जना क्वारेन्टाइनमा छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस