२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

डब्लूएचओले भन्योः महामारी कायमै छ, सर्तकता अपनाऔँ

  • २०७७ अषाढ ८, सोमबार मा प्रकाशित ४ साल अघि
  • खबरज्योती असार ८ सोमबार

    काठमाडौँः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को नेपालस्थित कार्यालयले कोरोना भाइरस (कोभिड–१९) को महामारी कायमै रहेका बताएको छ। कोरोनाको महामारी आयमै भएकाले सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ।

    विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी फैलनसक्ने भन्दै सावधानी आपनाउन आग्रह गरेको छ।

    चौतर्फि विरोध भएपछि सरकारले लकडाउन खुकुलो बनाए नेपालमा चहलपहल बढ्दै गएको छ। सर्वसाधारणको क्रियाकलाप बढ्दै गएपछि सावधानी अपनाउन आग्रह गरेको हो।

    संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्ना तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने बताए। भीडभाडमा नजान, जानै परे दूरी कायम गर्न मास्क लगाउने तथा बेला बेलामा साबुन पानीले हात धुन समेत आग्रह गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस