खबरज्योती असार ८ सोमबार
सिन्धुपाल्चोकः नेपाली काङ्ग्रेस सभापति विकास लामा सफाइ पाएका छन्। उनीमाथि वैदेशिक रोजगार न्यायाधिकरण सम्बन्धि परेको मुद्दा परेको थियो।
सर्वोच्च अदालतले सुनुवाइ गर्दै सोमबार लामाको पक्षमा फैसला गरेको हो । २ बर्ष अगाडी लामाकै पक्षमा फैसला गर्दै विपक्षीलाई हजार जरिवाना समेत तिराएको थियो।
सभापति लामालाई वैदेशिक रोजगारी सम्बन्धका ठगीगरेको आरोपमा सर्वोच्चमा मुद्दा दायर गरिएको थियो। सर्बोच्च अदालतका न्यायाधीशहरु द्वय सपना मल्ल प्रधान र बम कुमार श्रेष्ठको संयुक्त इजलासले सोमबार सुनुवाइ गर्दै सभापतिलाई निर्दोष ठहर गरेको हो।
प्रतिक्रिया दिनुहोस