२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

(Untitled)

  • २०७७ अषाढ ५, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • खबरज्याेति

    असार ५ मेलम्चि

    सिन्धुपाल्चोकमा एकैदिन थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेलम्ची नगरपालिकास्थित रिभर साइड र बाहुनेपाटीको क्वारेन्टाइनमा राखिएका १८ जनालाई कोरोना संक्रमण भएको हो ।

    एकैदिन १८ शंक्रमित थपिएपछि यो सँगै सिन्धुपाल्चोकमा सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईका अनुसार रिपोर्टमा १८ जनाको पिसीआर पोजेटिभ देखिएको हो । उनीहरुमध्ये ९ जना महिला, सातजना पुरुष रहेका छन् ।
    कुवेतबाट जेठ २९ गते आएका १० महिलामध्ये ९ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै दोलखाबाट जेठ १० मा आएका पाँच पुरुष र भोजपुरबाट जेठ २८ गते आएका चार पुरुषमा कोरोना संक्रमण देखिएको छ । दोलखाबाट आएका पुरुषहरु पाँचपोखरी गाउँपालिकाका हुन् । उनीहरुमध्ये दुई जनालाई यसअघि नै संक्रमण भएको थियो । त्यसैगरी कुवेतबाट आउनेमा हेलम्बु, इन्द्रावती, पाँचपोखरी र मेलम्चीका छन् ।
    उनीहरु कुवेतमा आममाफी पाएर स्वदेश फर्केका थिए । उनीहरु १८ देखि ४१ वर्ष उमेर समुहका छन् । यसअघि इन्द्रावतीका दुई, पाँचपोखरीका दुई र बाह्रबिसे नगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको थियो , जसमध्ये एकजनमाको मृत्यु भएको छ भने एकजना निको भएर घर फर्केका छन् । शंक्रमितहरुकाे स्वास्थ्य अबस्था हेेेरि उनिहरुलाई आइसाेलेसनकाे ब्यबस्था गरिने जनस्वास्थ्य प्रमुख चापागाईले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस