नवलपूर/ इन्द्रावति गाउँपालिकाले विदेशमा रहेका आफ्ना नागरिकहरुको तथ्याङ्क सार्वजनिक गरेको छ ।
इन्द्रावति गाउँपालिकाबाट विभिन्न ४४ मूलुकमा गई श्रम एवम् बसोबास गर्ने १ हजार ८ सय ३५ जना नागरिकहरु रहेको तथ्याङ्क सार्वजनीक गरेको हो । पालिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार छिमेकि देश भारतमा ४ सय ७१ जना, दुबइमा २ सय २८, साउदि अरबमा १ सय ७८ मलेसियामा २ सय ७१, कतारमा १ सय ५० जना रहेका छन् । त्यस्तै बाँकी विभिन्न देशमा आफ्नो नागरिक रहेको गाउँपालिकाले जनाएको छ ।
यो विवरण वडाकार्यालय मार्फत स्थलगत सर्वेक्षण गरी घर घरमा पुगेर वैदेशिक रोजगारीमा गएकाहरुको परिवार सँग लिइएको इन्द्रावतीका प्रमुख प्रसाशकिय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिए । पौडेलका अनुसार गाउँपालिकाले अनलाइन मार्फत सम्बन्धित ब्यक्तिसँगै विवरण संकलन गर्ने कार्य गरिरहेको छ । हालसम्म करिब एक सय जनाको विवरण अनलाइन मार्फत संकलन भएको पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस