समाचार एजेन्सि
जेठ ११ / बेलायतमा कोरोना भाइरस संक्रमणको नयाँ परीक्षणको विकास गरिएको छ । २० मिनेटमा नै कोरोना नेगेटिभ अथवा पोजिटिभ के हो भनेर पत्ता लगाउने परीक्षणको विकास गरिएको छ ।
यो परीक्षण गरेपछि प्रयोगशालामा लैजान नपर्ने बताइएको छ । परीक्षणको २० मिनेटमा नै कोरोना पत्ता लगाउन सकिने परीक्षणको विकास गरेको स्वास्थ्य सचिव म्याट ह्यान्ककले घोषणा गरेका हुन् ।
स्वाब टेष्टमा जो कसैलाई वर्तमानमा कोरोना छ की छैन भनरे देखाउन सकिन्छ, । सचिव ह्यान्ककले आजदेखि नयाँ परीक्षण हुने र केही हप्तामै बाहिर निकाल्न सकिने बताएका छन् ।
सरकारले नयाँ परीक्षणको घोषणा गरेपछि यो आयो कि एनएचएस कार्यकर्ताहरू अर्को हप्तादेखि एन्टिबाडी टेष्ट पाउने पहिलो व्यक्ति हुनेछन् । एन्टिबडी परीक्षणले देखाउन सक्छ कि कसैलाई पहिले कोरोना भाइरस छ कि छैन भनेर ।
यसैबीच, एक स्वाब परीक्षण – एक एन्टिजेन्ट परीक्षणको रूपमा परिचित एक व्यक्ति वर्तमानमा संक्रमित छ र यस्को संक्रमणको प्रसार रोक्नको लागि स्वयं उस्लाई अन्यबाट अलग्याउन सहज हुने भएको छ ।
विज्ञहरूको विश्वास छ कि यस्ले बेलायतीलाई गर्मी महिनामा बचाउन सहयोग र्पुयाउँछ र मानिसहरूलाई यात्राको अघि र पछाडि तिनीहरू संक्रमण मुक्त छन भनेर देखाउन तुरुन्तै अनुमति दिनेछ । मैदानमा जानुभन्दा पहिले फुटबल खेलाडीहरूको पनि यही प्रविधिबाट जाँच गर्न सकिनेछ।
मे २३ मा घोषणा गरिएका नयाँ परीक्षणहरू फरक छन् । यसलाई हालसालै व्यापक रूपमा प्रयोग गरिरहेको पीसीआर टेस्ट भनिन्छ । किनकि तिनीहरूलाई प्रक्रिया गर्न प्रयोगशालामा पठाउन आवश्यक पर्दैन।
प्रतिक्रिया दिनुहोस