२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

१० कन्टेनर मेडिकल सामाग्री नेपाल आइपुग्यो

  • २०७७ जेष्ठ ३, शनिबार मा प्रकाशित ४ साल अघि
  • खबरज्योति

    ३ जेठ

    तातोपानी /नेपाल चीनसीमा नाका तातोपानीबाट नेपाली सेनाले १० कन्टेनर स्वास्थ्य सामाग्री नेपाल भित्रयाएको छ । सरकारले नेपाली सेनालाइ कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा आवश्यक पर्ने मेडिकल सामाग्री खरिदगरी ल्याउन जिम्मेवारी दिएपछि शुक्रवार स्वास्थ्य सामाग्री नेपाल भित्रयाएको तातोपानी भन्सार कार्यलयले बताएको छ ।

    No description available.सरकारले सो मेडिकल सामाग्री खरिद गरेर ल्याउने जिम्मेवारी दिएपछि सेनाले सो मेडिकल सामाग्री ल्याएको हो । तातोपानी भन्सार कार्यालयका अनुसार सामानलाइ १२ घण्टा क्वारेन्टाइनमा राखेपछि मात्रै भन्सार गरेर राजधानी पठाइने तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए । सरकारले तातोपानी नाका संचालनमा ल्याउने निर्णय गरेपछि यस अघि निजी क्षेत्रका व्यापारीहरुले स्वास्थ्य सामाग्री ल्याएका थिए ।

    स्वास्थ्य सामाग्री संगै लकडाउनको समयमा आवश्यक पर्ने खाद्यान्न, फलफु, तरकारी र विउविजन जस्ता सामाग्री नाकाबाट आयात गर्न पाउने व्यवस्था समेत गरिएको भन्सार प्रमुख लालबहादुर खत्रीले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस