२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

लकडाउन उल्लंघन गर्नेलाई जरीवाना सुरु

  • २०७७ जेष्ठ २, शुक्रबार मा प्रकाशित ४ साल अघि
  •  खबरज्योति

    २ वैशाख

    चौतारा/लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले कारबाही सुरु गरेको छ । सम्झाई बुझाई गर्दा पनि अटेर गर्नेहरुको संख्या बढ्न थालेपछि प्रहरीले आर्थिक जरीवाना सुरु गरेको छ । हालसम्म ८० ओटा मोटरसाईकल र २७ जनालाई प्रहरीले जरीवाना गरी छडेको छ ।

    No description available.कोरना शंक्रमितको संख्या बढ्दै जादा पनि लकडाउन पालना गर्नेतर्फ नागरिक जिम्बेवार नदेखिएपछि प्रहरीले कारबाही सुरु गरेको हो । आज भन्दा पहिले ३ हजार ५ सय बहत्तर जनालाई सामान्य कार्बाही गरेर सम्झाई बुझाई गरेर छाडेको तापनि लकडाउन उल्लंघन गर्नेहरुको संख्या बढ्दै जानथालेपछि कार्वाहीको स्वरुप अलि कडा बनाउन परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी डि.एस. पि. माधबप्रसाद काफ्लेले बताए ।
    लकडाउनको समयमा बाइक चलाउने ८० जनालाई ५ सय देखि १ हजार र अनावस्यक रुपमा हिड्डुल गर्ने २७ जनालाई नियन्त्रणमा लिइ जनहि १ सय रुपैयाँ जरीवाना गरिएको डि. एस. पि काफ्लेले जानकारी दिए । कार्वाही गरिएकाहरुको रेकर्ड राखिने र पुनः लकडाउन उल्लंघन गरेको पाईएमा लकडाउन अबधिभर सावारी साधन नियत्रणमा लिइ कारवाही पछि मात्र छाडिने  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस