खबरज्योति
२४ बैशाख
चौतारा/ चौतारा साँगाचोकगढी नगरपालिकाले कोरोना आसंकामा क्वारेन्टाइनमा रहेका १४ जनालाई घर पठाएको छ । जिल्ला बाहिरबाट आइ १४ दिन क्वारेन्टाइनमा बसेकाहरुलाइ RDT परिक्षण पछि घर पठाइएको हो ।
बैशाख १० देखि क्षेत्रिय क्वारेन्टाइन मेलचौरमा बस्दै आएका सबैको RDT परिक्षणमा रिपार्ट नेगेटिभ आएपछि उनिहरुलाइ आवस्यक सावधानि सहित घर पठाइएको मेयर अमानसीं तामाङले जानकारी दिए ।
क्षेत्रिय क्वारेन्टाइनमा ४ महिला, ८ पुरुष र २ बालक रहेका थिए । १४ मध्ये एकजना सर्लाहीबाट आएका नागरिक थिए । जिल्ला समन्वय समितिको भबनमा रहेका १५ जनालाई भोली RDT परिक्षण गरिने र रिपोर्ट नेगटिभ आएमा उनिहरुलाई पनि घर पठाइने मेयर तामाङले भताए
प्रतिक्रिया दिनुहोस