२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

नेकपा कार्यदलले संक्रमण राेकथाम काेषलाई हस्तान्तरण गर्याे २ लाख बढी रकम

  • २०७७ बैशाख २४, बुधबार मा प्रकाशित ४ साल अघि
  • खबरज्याेति

    २४ बैशाख

    मेलम्ची– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले काेराेना भाइरस राेकथामकाे लागि गठन गरेकाे कार्यदलले काम सुरु गरेकाे छ ।

    अाज (बुधबार) मेलम्ची नगर कार्यादलले नगर मातहतको संक्रमण नियन्त्रण कोषमा २ लाख ८७ हजार १ सय ६६ रुपैंया हस्तान्तरण गरेको छ ।
    नगर भित्रका १३ वडा र कार्यदलका सदस्यहरुबाट सो रकम संकलन गरी नगरपालिकाका प्रमुख डम्बर अर्याललाई हस्तान्तरण गरिएको ।

    मेलम्ची नगर कार्यादलका संयोजक चन्द्रबहादुर थापाले जानकारी दिए । १ नं. वडा कमिटीबाट १५ हजार ३ सय, २ नं. वडा कमिटीबाट १५ हजार, ३ नं. वडा कमिटीबाट ७ हजार, ४ नं. वडा कमिटीबाट १५ हजार, ५ नं. वडा कमिटीबाट २० हजार १ सय १५, ६ नं. वडा कमिटीबाट २५ हजार, ७ नं. वडा कमिटीबाट ६ हजार रुपैंया संकलन भएको हाे ।

    त्यस्तै ८ नं. वडा कमिटीबाट १० हजार, ९ नं. वडा कमिटीबाट १७ हजार, १० नं. वडा कमिटीबाट ११ हजार १ सय ११, १२ नं. वडा कमिटीबाट ४० हजार ४ सय ४० र १३ नं. वडा कमिटीबाट २२ हजार १ सय १० रुपैंया संकलन गरिएको कार्यादलका संयोजक थापाले बताए । रकम हस्तान्तरण गर्दै सहयोग प्रदान गर्ने वडा कमिटी, कार्यादल र सहयोगी सबैलाई कार्यादलको तर्फबाट संयोजक थापाले धन्यवाद ज्ञापन थिए । कोरोनाको कारण आउने समस्यालाई न्यूनिकरण गर्न नगरले पहल गर्नुपर्नेमा उनिले जोड दिए ।

    ‘नगरले अब उत्पादनमा जोड दिँदै कृषि सामग्री, बीउ, मलको व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ’, थापाले भने– ‘सामाजिक दूरी कायम गर्दै कृषि उत्पादनमा जोड नदिए खाद्य संकट आउन सक्छ ।’
    कोरोनाको संक्रमणबाट बँच्न सबै एकजुट हुनुपर्ने धारणा राख्दै संयोजक थापाले लकडाउनको पूर्ण पालना गर्न नागरिकहरुलाई अपिल समेत गरेका थिए ।

    नेकपा सिन्धुपाल्चोकले एक महिना पहिले १२ अाेटै स्थानिय तहमा काेराेना राेकथाम तथा नियन्त्रण कार्यदल गठन गरेकाेथियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस