खबरज्याेति
१८ वैशाख हेलम्बु
हेलम्बु गाउँपालिका-६ बस्ने ३५ वर्षीय राम बहादुर तामाङले भैंसि बाँध्ने किलाेले हानेर श्रीमतीकाे हत्या गरेकाछन् ।
खाना खाएर हात चुठ्दै गरेकी ३० वर्षीया अस्मिता तामाङलाई काठकाे किलोले टाउकोमा पटक-पटक प्रहार गर्दा अस्मिताकाे घटना स्थालमै मृत्युु भएकाे हेलम्बु-६ का वडाअध्यक्ष खेतनाथ घिमिरेले जानकारी दिए । वढाध्यक्ष धिमिरेका अनुसार सामन्य ज्याला मञ्दुरी गर्दै आएका राम बहादुर ४ बर्षदेखि मानसिक रोगको औषधि खाँदै आएका थिए ।
गत वर्षदेखि उनलाई औषधिले काम गर्न छाडेको परिवारले भन्दै आएको अध्यक्ष घिमिरेले बताए । उनले एक बर्ष पहिले पनि आफ्नै बुवाकाे हत्या प्रयास गरेका थिए । उनिले घरका अन्य सदस्यहरुलाई पनि मार्छु भन्दै आएका थिए । अभियुक्त रामबहादुरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मेलम्चीमा राखिएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले बताए ।
श्रीमतीले अाफुलाई वास्ता नगर्ने र अन्तै बिहे गर्छु भन्ने गरेकाले श्रीमतीप्रती रिस उठेकाे अभियुक्त तामाङले प्रहरी समक्ष बताएका छन् । तीन दिन पहिले देखि अभियुक्त तामाङको ब्याबहार असामान्य हुनथालेपछि उनकि श्रीमती अस्मिताले आफ्नाे भाइलाई भिनाजुकाेलागि धामी खाेज्न भनेकि थिइन ।
प्रतिक्रिया दिनुहोस