खबरज्याेति
२०७६ शुक्रबार
विदुर गिरी – हेलम्बु /काेराेना भाइरसबाट आफ्ना नागरिकहरुलाइ बचाउनकाे लागि हेलम्बु गाउँपालिकाले शुक्रबारदेखि आफ्नाे सिमा क्षेत्र हुँदै प्रेबेस गर्नेहरुलाइ निःशुल्क स्वास्थ्य परिक्षण तथा माक्स बितरण कार्यक्रम सुरु गरेकाे छ ।
विश्वलाइनै चुनाैतिकाे रुपमा रहेकाे काेराेना अातंक यतिबेला नेपालमा पनि बड्दाे छ । सरकारले काेराेना भाइसरबाट बच्न सबैलाइ सतर्कता अपनाउँन भनेपछि स्थानिय सरकारहरुले पनि तेस्काे अनुसरण गर्न थालेकाछन् ।सिन्धुपाल्चाेककाे १२ स्थानिय तह मध्ये हेलम्बु गाउँपालिकाले पहिलाे पटक सिमाक्षेत्रमा स्वास्थ्य परिक्षणकाे सुरुवात गरेकाे हाे ।
बिशेष गरि काठमाडौंबाट गाउँ फर्कने नागरिककाे स्वास्थ्यलाइ ध्यानमा राखेर परिक्षण सुरु गरिएको हेलम्बु स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देलले खबरज्याेतिलाइ जानकारी दिए । परिक्षणकाे क्रममा ज्वराे रुघाखाेकि देखिएमा तेस्ता बिरामिहरुलाइ घरमै बसेर उपचार गर्नकाेलागि सुझाव दिनुका साथै सरसफाइमा ध्यान दिन अनुराेध गर्ने श्वास्थ्य शाखा प्रमुख सिग्देल बताउँछन् । यदि संक्रमित देखिएमा वा संक्रमितहरुकाे संख्या पढेमा पालिकाभित्र उनिहरुलाइ राख्ने ब्यवस्थाभने पालिकाकाे नभएकाे उनिले बताए ।
प्रतिक्रिया दिनुहोस