२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

२ सभासद र १ सांसदद्वारा नेकपाकाे अामसभा बहिस्कार

  • २०७६ फागुन ४, आईतबार मा प्रकाशित ५ साल अघि
  • खबरज्याेति

    फागुन ४

    सिन्धुपाल्चोक /नेकपा सिन्धुपाल्चोककाे अान्तरिक विवाद सतहमानै देखिएकाे छ । शानिवार पार्टीका बरिष्ठ नेता झलनाथ खनालले सम्बाेधन गर्ने कार्यक्रम २ साभासद र १ सांसदले बहिस्कार गरेपछि विवाद छताछुल्ल भएकाे हाे ।

    २५अाैं जनयुद्ध दिवसतथा तमु लाेसारकाे अवसरमा नेकपा क्षेत्र न.१ काे अायाेजनामा खाडिचाैरमा भएकाे बृहत अामसभालाइ नेकपा नेता दावा तामाङ , राजकुमार श्रेष्ठ र सरेश नेपाल लगाएतका नेताहरुले बिचैमा बहिस्कार गरेर हिडेका थिए । पार्टीको नीति सिद्धान्त भन्दा पनि ब्यक्तिवादी प्रबृत्ति हाबि भएकाे र नियाेजित रुपमा हाेच्याउने , अपमान गर्ने तरिकाले कार्यक्रमकाे सेडुल तयार पारि अघि बढाउन थालेपछि कार्यक्रम बहिस्कार गर्नुपरेकाे नेता तामाङले बताए ।

    तामाङ पार्टीका केन्द्रीय सदस्य एवंम् जिल्ला सचिव हुन् । उनी गृह मन्त्री रामबहादुर थापा वादलका बिस्वास पात्रकाे रुपका चिनिन्छन् । २०६४ सालमा तामाङले राप्रपा अध्यक्ष पशुपतिशमशेर राणासंग संबिधानसभा निर्वाचन जितेका थिए । अर्का नेता राजकुमार श्रेष्ठ बिगतमा बाबुराम भट्टराई खेमामा रहेर राजनिति गर्दै अाएका थिए ।

    हाल उनी नेकपाकाे वाग्मती प्रदेश समिति सदस्य छन् । उनिले ६४ काे संविधान सभामा पूर्व सञ्चार मन्त्री माेहनबहादुर बस्नेतलाइ पराजित गरेका थिए । अर्का नेता नेपाल वाग्मती प्रदेश सांसद एवंम् पार्टीको प्रदेश सचिवालय सदस्य हुन् ।उनी प्रधानमन्त्री वलि निकट नेताकाे रुपमा परिचित छन् ।

    एमाले , माअाेवादी एकता पुर्वनै माअाेवादी भित्रकाे लाइन संघर्षमा तामाङ र श्रेष्ठ हालका सभामुख अग्निप्रसाद सापकोटा टिमकाे गतिविधिकाे बिरुद्धमा एकै माेर्चा बनाउँदै संघर्ष गर्दै अाएका थिए । नेता नेपाल पूर्व एमालेभित्र दुइलाइन संघर्ष गर्दै अाएका नेता हुन् ।

    लाेसारकाे कार्यक्रममा लक्षित समुदायनै अपमानित : २१४७ अाैं तमु लाेसारकाे कार्यक्रममा लाेसार मनाउने तामाङ समुदायको नेता दावा तामाङ लगाएतका जनजाति नेताहरु अपमानित भएपछि लाेसार कार्यक्रमनै फितलाे बन्न पुगेकाे थियाे । दुई पार्टी एकता पछि नेकपाले शक्ति प्रदर्शनको रुपमा लिएकाे पहिलाे कार्यक्रमनै विवादित बनेपछि अब सिन्धु नेकपाकाे राजनिति कसरी अघि बड्छ राजनिती वृत्तमा चासाेकाे रुपमा हेरिएकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस