खबरज्योति
पुस २०७६ सिन्धुपाल्चोक
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलले ठुला ठुला आणबिक भट्टि सञ्चालन गर्ने बिकसित (युरोपियन) मुलुकका कारण जलवायु परिवर्तनको असर बिस्वभर फैलिएको बताएकाछन् ।शुक्रबार सिन्धुपाल्चोकको गुफा डाँडामा भएको प्रथम जलवायु दिवसलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले उक्त भनाइ राखेका हुन् ।वनजंगल जोगाएर बिश्वतापक्रम सन्तुलन राख्न मद्दत गर्ने नेपाल लगाएतका मुलुकलाई आणबिकभट्टि चलाइ वातावरण प्रदुषित पार्ने राष्ट्रले क्षतिपूर्ति दिनुपर्ने मन्त्री बस्नेतले दाबि गरे । पुर्व वन तथा वातावरण मन्त्री अग्निप्रसाद सापकोटाले बड्दो सहरीकरण र वन बिनासका कारण जलवायुमा नकारात्मक असर परेको बताए । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको समन्वयमा गतबर्ष देशभरका जिल्ला समन्वय समित प्रमुख र उपप्रमुखसहित जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत सरोकारवालाहरुको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्नुभएको सम्मेलनस्थल गुफाडाँडामै यसबर्ष जलवायु दिवस मनाइएको हो ।
प्रथम राष्ट्रिय जलवायु सम्मेलनको पूर्वसन्ध्यामा जिल्लामा जलवायु परिवर्तनले पारेको असरको विस्तृत अध्ययन गरिएको थियो । प्रारम्भिक अध्ययन अनुसार बिगत ३० वर्षमा ९सन् १९८७—२०१७० सिन्धुपाल्चोक र आसपासको जिल्लामा रहेको जलवायु मापन केन्द्रको तापक्रम र वर्षा तथ्यांकको विश्लेषण गरिएको थियो ।
अध्ययनको निष्कर्ष अनुसार सिन्धुपाल्चोकमा रहेको सबै जलवायु मापन केन्द्रहरुको बर्षा घट्ने क्रममा रहेको देखिएको छ ।
गतबर्षको पुस १६ र १७ गते भएको प्रथम राष्ट्रिय जलवायु सम्मेलन २०७५ ले ‘वातावरण जोगिए पृथ्वी जोगिन्छ, पृथ्वी जोगिए हामी जोगिन्छौ’ भन्ने मुख्य विषयलाई आत्मासात् गरि आम सचेत नागरिकको विचमा सन्देश पुर्याउन जरुरी रहेको निष्कर्ष निकालेको थियो ।
बिग्रदो वातावरणको नजिरहरु र यसको कारक तत्व मानव समाज नै रहेको र यसको न्युनिकरणको जिम्मेवारी समेत हाम्रै हो भन्ने अठोटकासाथ कार्यक्रम समापन भएको थियो ।
१० बुँदे गुफाडाँडा घोषणा पत्र जारी गर्दै, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय तहमा जलवायु परिवर्तनको मुद्दा पेचिलो रुपमा उठान गरी सम्मेलन समापन भएको थियो । गत बर्ष ७७ जिल्लाका समन्वय समितिका प्रमुखले झण्डात्तोलन गरि प्रथम जलवायु सम्मेलन गरिएको थियो । यश बर्ष पनि ७७ वटै जिल्लाका प्रमुखबाट झण्डात्तोलन गिर जलवायु दिवस मनाउने योजना अनुरुप कार्यक्रम निर्धारण गरिएको भएपनि अन्य जिल्लाका जिल्ला समन्वय प्रमुखहरुको खासै उपस्थिति देखिएन । जलवायु सम्मेलनको क्रममा गतबर्ष ठुलो रकम खर्च भएतापनि आज सम्मन हिसाब सार्वजनिक गरिएको छैन
प्रतिक्रिया दिनुहोस