खबरज्योेति
१५ असोज २०७६ सिन्धुपाल्चोक
हेलम्बु गाउँपालिकाले एकल महिलालाइझैं एकल पुरुषलाइ पनि सामाजिक सुरक्षा भत्ता दिन सुरुवात गरेको छ । पालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समुहका एकल पुरुषलाई आन्तरिक श्रोतबाट माषिक ५ सय रुपैयाँ उपलब्ध गराउन लागेका हो ।
एकल पुरुष भत्ताका लागि यो बर्ष पालिकाले २० लाख रुपैयाँँ बिनियोजन गरेको हेलम्बु गाउँपालिकाले जानकारी दिएको छ ।
“राज्यले महिला पुरुष समान भनेकाले ब्याबहारिक रुपमानै हामिले तेस्को सुरुवात गरेका हौैं । “ समानताको नारा अनुसारनै एकल पुरुषलाइ पनि भत्ता बितरण गर्न लागिएकोे हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
जिल्लामा भएका १२ स्थानिय तह मध्ये हेलम्बु कमआन्तरिक आय भएको गाउँपालिकामा पर्दछ । गत आवमा ४० लाख आन्तरिक आम्दानि गरेको हेलम्बुको यस बर्ष ६१ लाख को लक्ष्य लिएको हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमराज कोइरालाले जानकारी दिए ।
एकल पुरुष भत्ता लिइ रहेकाहरुले ज्ष्ठ नागरिक भत्ता लिन सुरु गरेपछि भने दोहोेरो सुबिधा पाउने छैनन् । हाल पालिका भित्रका सबै वडामा एकल पुरुषको संख्या संकलन गर्ने काम भैरहेको र ३ सय ५० कोे हाराहारिमा एकल परुषको संंख्या रहेको जानकारि हेलम्बुु गाउँपालिकाले दिएको छ ।
एकल पुरुषलाइ पनि भत्ता दिने कार्य गत आव बाट झापा जिल्लाको झापा गाउँपालिका ,ललितपुर जिल्लाकोे बाग्मती नगरपालिका , बैतडीको मेलौली नगरपालिका ,रामेछापको खाँडादेवि गाउँपालिका र बझाङको जयपृथ्वी नगरपालिका लगाएत दर्जन भन्दा बढी स्थानिय तहले सुरु गरेका थिए ।
प्रतिक्रिया दिनुहोस