खबरज्याेत
१४असाेज २०७६ काठमाडौ
: प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजिनामा दिएका छन् ।
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आफूलाई जबरजस्ती गरेको आरोप लगाएपछि सभामुख महराले पदबाट राजिनामा दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहान प्रधानमन्त्री निवासमा छलफल भएपछि सभामुख महरालाई हालका लागि पदबाट राजिनामा दिन लगाई कानुनी उपचारको बाटाेबाट अघि बढ्न सुझाव दिएका हुन् ।
सभामुख महराले आफूमाथि लागेको आरोपबारे निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको बताएका छन् । सभामुख महराले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग बिहान आफूमाथि लागेको आरोपबारे परामर्श गरेका थिए ।
ओली र प्रचण्ड दुवैले नैतिक र चारित्रिक प्रश्न उठिसकेपछि पदमा बस्न उचित नहुने भन्दै तत्कालका लागि राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए। यसैबीच सभामुख महराले पार्टी र सरकारको निर्देशन अनुसार आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताएका थिए ।
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आफूलाई सभामुख महराले जबरजस्ती गरेको आरोप लगाएकी थिईन । महराले संसद सचिवालयमै कार्यरत एक महिलालाई डेरामै पुगेर जबरजस्ती गरेको महिलाको आरोप छ।
प्रतिक्रिया दिनुहोस