२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

७४ सामुदायिक कुकुरलाई बन्ध्याकरण ।

  • २०७६ भाद्र २५, बुधबार मा प्रकाशित ५ साल अघि
  • खबरज्याेती
    २५ भदाै २०७६ सिन्धुपाल्चोक ।

    बजार क्षेत्रमा दिन प्रतिदिन सामुदायिक (छाडा) कुकुरको संख्या बढ्दै जाँन थालेपछि हेलम्बु गाउँपालिकाले नियन्त्रण कार्य सुरु गरेकाे छ। कुकुरकाे संख्या बढ्न नदिनकाे लागि गाउँपालिकाले स्थाइ बन्ध्याकरण सुरु गरेकाे हाे।

    हेलम्बु गाउँपालिका र नेपाल यनिमल वयल्फेयर एण्ड रिसर्ज (नार्क ) काे आर्थिक सहयाेगमा पशुसेवा कार्यालय हेलम्बुले कुकुर अातंक नियन्त्रणका लागि ४३ भाले कुकुरलाइ भ्यासेक्टाेमी र ३१ पाेथी कुकुरलाई मिनिल्याप गरिएकाे हाे।

    छाडा कुकुरकाे संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी हाेहल्ला हुने र कुकुरको टाेकाइले रेबिज राेगकाे संक्रमण हुने खतरा भएकाले कुकुरलाइ स्थाइ बन्ध्याकरणकाे साथै रेबिज बिरुद्धकाे सुइ लगाइएकाे पशुसेवा कार्यालय हेलम्बुका प्रमुख टाेपबहादुर बरुवालले जानकारी दिए ।

    गाउँपाउँपालिका भित्रकाे मुख्य बजार क्षेत्रका ७४ छाडा कुकुरलाई नियन्त्रणमा लिएर शुरक्षितसाथ बन्ध्याकरण गरिएकाे हेलम्बु गाउँपालिकाले जनाएकाे छ। याे अभियानमा स्थानियकाे उल्लेखनिय सहयाेग मिल्नुकाे साथै स्थानियमा खुसि छाएकाले यस्ताे कार्यलाइ आगामि दिनमा पनि निरन्तरता दिने प्रमुख बरुवालले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस