खबरज्योती
काठमाडौँ, १७ भदौ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आज उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका छन् । चितवन जिल्ला अदालतको निर्णयको विरुद्ध उनले मुद्दाm दर्ता गराएका हुन् ।
भाद्र ९ गते चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा लामिछानेलाई ५ लाख र युवराज काडेललाई ३ लाख धरौटीमा रिहा गरेको थियो । तर, चितवन अदालतको निर्णय चित्त नबुझेपछि लामिछाने हेटौंडामा आज निवेदन दर्ता गराएका बताइएको छ ।
लामिछाने र कँडेलले भाद्र ९ गतेको चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भनी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको सो आदेश बदर गरि साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरि पाऊँ भनी निवेदन दर्ता गराएका छन् ।
लामिछानेको निवेदन उपर भोलि उच्च अदालत पाटन, हेटौंडा इजलाशले भोलि प्रारम्भिक सुनुवाई गर्ने बताईएको छ । लामिछाने र कँडेलको तर्फबाट अधिवक्ता राजेन्द्र सेढाईले भोलि बहस तथा पैरवी गर्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस