२०८१ चैत्र २२, शुक्रबार | Fri, 04, Apr, 2025

‘आगोले बस्ती जलाउँदैन–भूकम्पले घर ढाल्दैन’

  • २०७६ भाद्र १६, सोमबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योती
    १६ भदौ २०७६, सिन्धुपाल्चोक ।

    धुर्मस–सुन्तली एकिकृत बस्ती
    ६ चैत २०४३ मा मदिरा बनाउनका लागि कोदो पकाउँदा आगो घरमा सल्किएपछि पुरै गाउ“ जलेको सम्झ“दा मेलम्ची नगरपालिका–८ गिरानचौरका सिंंगेमान तामाङ अझै झस्कन्छन् । डरलाग्दो गरी आएको हावास“गै बढेको आगोको झिल्कोले खरानी तुल्यायो उनको सिंगो गाउँ ।
    सिंगो गाउँ जलेको बिर्सिन दसकौं लाग्यो गिरानचौरवासीलाई । विस्तारै तंग्रिन थालेको बस्तीमा त्यो विपद पुरानो नहुँदै १२ वैशाख २०७२को भूकम्पले फेरि उही गतिमा पु¥याइदियो । भूकम्पपछि चैनसँग बस्न नसकेका गाउँवासी अहिले भने निकै खुशी छन््–कारण उनीहरुले नमूना एकिकृत बस्ती पाएका छन् ।
    दुई वर्षअघि धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाइमा गिरानचौरमा ६५ परिवारले सुविधासम्पन्न घर र एउटा सामुदायिक भवनसहित आधुनिक बस्ती पाएपछि अब उनीहरुमा विपदको भय छैन । ‘गाउँ जलेको दृष्य नमेटिदैं भूकम्पले फेरि उही हालतमा पारेको थियो,’ स्थानीय ८० वर्षिय सेती तामाङले भनिन्, ‘अब हामीलाई डर छैन, आगोले गाउँ जलाउन सक्दैन, भूकम्पले घर ढाल्न सक्दैन ।’
    तामाङ समुदाय रहेको धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको एकिकृत बस्ती जिल्लाकै नमूना बस्तीका रुपमा कहलिएको छ । लहरै एकनासका घरहरुले बस्तीलाई शोभा बढाएको छ । ‘बस्ती बनेपछि सबैजना एकै समुदायमा मिलेर बस्नुपर्नेरहेछ भन्ने भावना पलाएको छ,’ स्थानीय उजार तामाङले भने, ‘समाज मिल्दा आपतमा पनि सहज हुनेरहेछ, अन्य गाउँवासीको सहयोगसमेत पाइँदोरहेछ ।’ बस्ती हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने गरेकाले नयाँ जन्ममा नयाँ बस्ती पाएको अनुभूति हुने गरेको उनले सुनाए ।
    गाउँवासीले गिरानचौर पुग्ने जोकोहीलाई बौद्ध परम्पराको ध्वजा अगाडि तामाङ संस्कृति अनुसार स्वागत गर्ने गर्ने गरेका छन् । निलो, सेतो रंगले सजिएको बस्तीका हरेक घरअगाडि फूल रोपिएको छ । यहाँ आइपुग्ने पर्यटकहरुलाई गाउँवासीले सत्कार गर्ने गरेका छन् । उनीहरुले ‘धुर्मुससुन्तली एकिकृत बस्तीमा स्वागत छ’ भन्दै बस्ती र घरमा प्रवेश गराउँछन् ।
    पूरा तामाङ समुदायलाई एकिकृत बस्तीका सबै आवास बाल मैत्री, वातावरण मैत्री, भूकम्पप्रतिरोधक, पहिरो निरोधक, अपांग मैत्री छन् । हरेक घरमा चार वटा कोठा छन् , भने सिलिङमा सामान भण्डारण गर्ने गरिएको छ । सबै घरभित्र ट्वाइलेट ,बाथरुम र घर अगाडि बगैचा फैलाउ“दै लगिएको एकिकृत बस्तीका व्यवस्थापन समितिका सचिव लालबहादुर वाइबा सुनाउ“छन् । ‘बस्तीभित्र बाख्रा, कुखुरा, पशुपालन गर्न निषेध छ । ‘त्यसैले अधिकाशंले वरीपरीको जग्गामा गोठ बनाएका छन्, जग्गा नहुनेलाई केही समस्या भएको छ ।’ समितिका सचिव वाइबाले भने ।
    कृषिमा निर्भर रहने समुदायलाई एकिकृत बस्तीको निमयले बा“धेपछि केही असहज भएको उनले प्रष्ट्याए । बस्तीमा चौपाया राख्न नपाइने भएपछि गाइबस्तुको स्याहार गर्न अलि समय लाग्ने गरेको उनको अनुभव छ । ‘तर, चौपाया, हाँस, कुखुरा नहँुदा निकै सफा देखिएको छ ।’ उनले चित्त बुझाए । बस्तीलाई ‘ए’ ‘बी’ ,‘सी’ गरी तीन ब्लकमा विभाजित गरिएको छ । खानेपानी र घरपिच्छै धाराको व्यवस्थापन भएपछि सहज बनेको छ ।
    फाउण्डेशनले जनस्तरबाट ६ करोड १७ लाख एकहजार एकसय ३९ रुपैया संकलन गरेको थियो । सबै घर निर्माण गर्न ५ करोड १३ लाख ८५ हजार एकसय ८७ रुपैया खर्च भएको परियोजनाले जनाएको छ । तीन वटा सार्वजनिक शौचालय र पार्किङस्थलदेखि बालबालिकाको मनोरंञ्जनको लागि चिल्र्डेन पार्कसमेत बस्तीमा छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस