२०८२ बैशाख १, सोमबार | Mon, 14, Apr, 2025

स्थानीय तहबाटै अवैध नदि दोहनको प्रमाणपत्र

Thumbnail
  • २०७६ अषाढ १, आईतबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति २०७६ असार १ आइतबार
    सिन्धुपाल्चोक: जिल्लाका स्थानीय तहहरुले मापदण्ड विपरित नदि दोहन गर्ने गरेको पाइएको छ । स्थानीय तहहरुले सरकारी मापदण्ड विपरित नदि दोहन गर्ने गरेको पाइएको छ ।
    नियमविपरित स्थानीय तहले आफुखुसी ठेक्का आह्वान गरेर नदि दोहन गर्ने गरेको जिल्ला समन्वय समतिीका प्रमुख कृष्णगोपाल तामाङले जनाए । नदीजन्य सामग्री उत्खनन गर्नको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ)को समेत ख्याल नगर्ने गरेको बताए ।
    स्थानीय तहले अवैध रुपले नदि दोहनको प्रमाणपत्र ठेक्कामा दिदाँ वातावरणिय संरक्षण असर परेको बताए । स्थानीय तहले आफ्नो आम्दानीको स्रोत नदि र नदिजन्य पर्र्दाथलाई लिएको कारणले सिन्धुपाल्चोकमा स्थानीय सरकार आएपछि नदि दोहन व्यापक रुपमा वृद्धि भएको प्रमुख तामाङले दावी गरे ।
    ‘नदि उत्खनन् गर्नका लागि जिल्ला अनुगमन समितीले एउटा निश्चित मापदण्ड बनाएको छ । जुन स्थानीय तहले मापदण्ड पुरा नगरी ठेक्का प्रक्रियाबाट दोहनको लागि छुटपुर्जी दिने गरेका छन्’ प्रमुख तामाङले भने, ‘मापदण्ड विपरित रुपमा टेन्डरबाट ठेक्का प्रक्रियामा गएकाहरुले मनलाग्दी रुपमा नदि दोहन गरिरहेका छन् । त्यसले अवैध दोहन रोक्न आवश्यक छ ।’
    मापदण्ड विपरित अवैध रूपमा क्रसर वा अन्य क्षेत्रबाट सिन्धुपाल्चोकको सुनकोशी, इन्द्रावतीलगायतका नदिहरुमा दोहन भैरहेको छ । व्यापक रुपमा नदि दोहन हुँदा समेत जिल्लास्थित नेता, जनप्रतिनिधि, पुलीस, प्रशासनलगायतको जिम्मेवार निकाय मौन बस्ने गरेको छ । स्थानीय तहबाटै अवैध उत्खनन्को छुटपुर्जी पाएपछि झन् नदि दोहन बढेको छ । नदिजन्यपदार्थ उत्खननमा जिल्लाका सांसद, स्थानीयदेखि उच्च तहका नेता, पुलिस, प्रशासनकै हात रहने गरेको स्रोत दावी छ ।
    सुनकोशी, इन्द्रावतीलगायतको अन्य साना खोलाहरुमा समेत मनलाग्दी रुपमा स्काभेटरको प्रयोगले नै बालुवा, गिट्टी, रोड, ढुङ्गालगायतको नदिजन्य पदार्थ उत्खनन् भैरहेको छ । अवैध दोहनकै कारणले यी नदिहरुको स्वरुप नै कुरुप बनेका छन् । नदिमा अबैध रुपमा स्काभेटरको प्रयोग गरिरहेका जो कोहिले पनि प्रत्यक्ष रुपमा देख्न सकिन्छ । यस्तो अवस्था देख्दा समेत सम्बन्धित निकाय आँखामा पट्टी बाँधेर बसेको छ ।
    तर, समन्वय प्रमुख तामाङले स्थानीय तहले नियम विपरित नदि उत्खनन् गरिरहेको बताउँदै गर्दा इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले भने आफुहरुले कुनै पनि प्रक्रिया मिचेर नदि उत्खनन् नगरेको प्रतिक्रिया दिए । प्रदेशले बनाएको रेटकै आधारमा आफुहरुले नियमसंगत रुपमा नदि उत्खनन् गरिरहेको बताए ।
    आजबाट उत्खनन्मा रोक
    असार १ गतेबाट नदी उत्खननमा रोक लगाउँने निर्णय गरेका छ । जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले बषाको समयमा नदि उत्खनन्लाई रोक्ने निर्णय गरेको हो । बर्षामा नदीमा बाढी आउने समयमा स्काभेटरको प्रयोग गरि व्यापक उत्खनन् हुने भएकाले बर्षामा नदि उत्खनन्मा रोक लगाएको जिसस प्रमु तामाङले जनाए ।
    बर्षायामको तीन महिनाको लागि नदि उत्खनन् गर्नमा रोक लगायको हो । गतबर्ष पनि बर्षायाममा नदि उत्खनन्मा रोक लगाएको थियो । तर, तस्करहरुले दिउँसो काम नगर्ने र रात परेपछि नदिमा स्काभेटरको प्रयोबाटै नदि दोहन गर्ने गरेका थिए ।
    अवैध रुपमा नदि दोहनको कारणले सिन्धुपाल्चोक जिल्लाको सुनकोशी नदिमा हुने गरेको ¥याफ्टिङ व्यापसाय नै समस्यामा पर्ने अवस्था सिर्जना भएको छ । असार १ गतेदेखि भदौ मसान्तसम्मको लागि नदीजन्य सामग्री उत्खनन् गर्न रोक लगाएको छ । नदिउत्खनन्बाट स्थानीय तहबाट संकलित करको शून्य दशमलव ५ प्रतिशत राजस्व जिल्ला समन्वय समितिको खातामा जम्मा गरिदिन समेत अनुगमन समितिले आग्रह गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस