खबरज्योति २०७६ जेठ २८ मंगलबार
सिन्धुपाल्चोकः शौक्षिक सुधारको लागि सिन्धुपाल्चोकका स्थानीय तहले महत्वकांक्षि योजना अगाडि सारेका छन् । शौक्षिक क्षेत्रको अवस्था दिनप्रतिदिन ओरालो लाग्दै गएपछि शैक्षिक विकासका लागि ९ बुँदे साझा घोषणपत्र जारी गरेर शौक्षिक सुधारको अभियनामा लागेका हुन् ।
जिल्ला शिक्षा समितिले स्थानीय सरकारका प्रमुख, शिक्षा क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी कार्यालयबीच मंगलबार सिन्धुपाल्चोक पाङ्गेटारमा कार्यक्रम भएको हो । कार्यक्रममा ९ बुदे पाङ्ग्रेटार घोषणपत्र समेत जारी भएको छ ।
सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहले एकेबद्धता जाहेर गरेपछि ९ बुदे घोषणपत्र जारी गरिएको हो । स्थानीय तहले यसै शौक्षिक बर्षदेखि अनिर्वाय रुपमा कार्यान्वयन हुने गरी सरकारी विद्यालयका शिक्षकका छोराछोरी सरकारी स्कुल नै पढ्ने, दरबन्दी मिलान गर्ने, सबै स्थानीय तहको शिक्षा ऐनहरुको साझा मान्यताहरुमा एकरुपता ल्याउनेलगायतको महत्वकांक्षी योजना बनाएको छ ।
देश विकासको मेरुदण्डा शिक्षा भएकाले जिल्लाको शौक्षिक सुधारको लागि स्थानीय तहले जारी गरेको घोषणपत्र उपयोगि हुने पुर्व मन्त्री तथा सांसद अग्नीप्रसाद सापकोटाले बताए । जिल्लामा खस्कदै गएको शौक्षिक क्षेत्रको सुधार गर्नका लागि जारी भएको घोषणापत्रले ठुलो भूमिका खेल्ने राय राखे ।
शिक्षाको विकास गर्नको लागि तीन तहका सरकार लाग्नुपर्ने बताए । शिक्षा विकासको पुर्वाधारको पनि पुर्वाधार भएकाले शौक्षिक क्षेत्रको विकास गर्नु अहिलको आवश्यकता भएको बताए ।
१२ वटा स्थानीय तहको जनप्रतिनिधिको उपस्थितीमा जारी गरिएको घोषणापत्र सिन्धुपाल्चोकको शौक्षिक सुधारको लागि महत्वपूर्ण भूमिका खेल्ने जिल्ला शिक्षा विकास तथा समन्वय विकासका प्रमुख गौरीशंकर पाण्डेको भनाई छ । जिल्लाको शैक्षिक क्षेत्रको समोचित विकास गर्र्नेे र आगामि दिनमा सरकारी विद्यालयको अवस्था विग्रन नदिन जनप्रनितिधिको पहल स्वागतयोग्य रहेको उल्लेख गरे ।
अवस्थित स्थानीय तहहरु र सम्बन्धित निकायहरुविच समन्वयन कायम गर्नका लागि निम्न ९ बुँदे पांग्रेटार प्रतिवद्धता जारी गरिएको छ ।
यस्तो छ ९ बुदे घोषणपत्र
१) नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक जिल्लाको १२ वटै स्थानीय तहले निर्माण गरेको शिक्षा ऐन, निती कार्यविधिहरु प्रदेश सरकार र संघिय सरकारमा अनिवार्य पठाउने उक्त ऐन, निती कार्यविधिहरु हाललाई शिक्षा विकास तथा समन्वयन ईकाइ मार्फत पठाईने,
२. इकाइले कार्यालयमा अभिलेख राखि उक्त विवरणहरु संघ, प्रदेश र सम्बन्धित कार्यालयमा समेत संप्रेषित गरिने,
३. सिन्धुपाल्चोक जिल्ला भित्रका तह मिलान तथा समायोजनमा परेका विद्यालय र शिक्षकहरुको विवरण अबिलम्ब शिक्षा विकास तथा समन्वयन ईकाइमा पेश गर्ने र ईकाइले यसको नियमानुसार अभिलेखीकरण गर्ने ।
४. स्थानीय तहबाट निर्मित शिक्षा ऐन तथा प्रचलित कानुन बमोजिम दरवन्दी मिलान गर्दा स्थानीय तहबाट सिफारीस गरी शिक्षक महासंघ, शिक्षा विकास तथा समन्वयन ईकाइसँग समन्वयन गरेर जिल्ला शिक्षा समितिले अनुमोदन गर्ने,
५. जिल्ला भित्र हाल कायम रहेको शिक्षकको पुल दरवन्दीहरु आवश्यकताका आधारमा सम्बन्धित विद्यालय वा अन्य विद्यालयमा पद स्थापना गर्ने व्यवस्था जिल्ला शिक्षा समितिले मिलाउने,
६. सिन्धुपाल्चोक जिल्लाको १२ वटै स्थानीय तहहरुमा निर्मित शिक्षा ऐनहरुको साझा मान्यताहरुमा एकरुपता ल्याउने,
७. नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक जिल्लाको १२ वटै स्थानीय तहले निर्माण तथा कार्यान्वयन गरिरहेको शिक्षा ऐन र नितीहरुलाई आवश्यकता अनुसार संशोधन गर्ने र निर्माण हुन बाँकी रहेको स्थानीय तहले स्पष्ट कानुन बनाएर लागु गर्ने गराउने,
८. सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुको बालबच्चाहरु अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने,
९. सिन्धुपाल्चोक जिल्लाको १२ वटै स्थानीय तहले एक अर्काको नमुना अभ्यासहरुको आदान–प्रदान र सिकाईको अनुशरण गर्ने,
प्रतिक्रिया दिनुहोस