खबरज्योति २०७६ जेठ २१ मंगलबार
चौतारा: सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका एक कार्यकर्ता सिन्धुपाल्चोकको चौतारा बजारबाट सोमबार साँझ पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इन्द्रावती गाउँपालिका २ का पूर्ण मल्ल ठकुरी रहेका छन् । मल्ल विप्लवका जिल्ला सदस्य समेत रहेका छन् ।
पक्राउपछि मल्लमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपि मुकुन्द मरासिनीले जानकारी दिए ।
यसअघि पनि साँगाचोकबाट विप्लवका १७ जना कार्यकर्ता पक्राउ परेका थिए । उनीहरूलाई प्रहरीले सामान्य तारेखमा छाडेको थियो । सरकारले विप्लवमाथि प्रतिबन्धको घोषणा गरेपछि देशभरी विप्लवका गतिविधि दिन प्रतिधिन बढ्दै गएको सुरक्षा स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस