२०८२ बैशाख १, सोमबार | Mon, 14, Apr, 2025

पदकाे कारणले पार्टी एकतामा गतिरोध – प्रचण्ड

  • २०७६ जेष्ठ १३, सोमबार मा प्रकाशित ५ साल अघि
  •  खबरज्याेति २०७६ जेठ १३ साेमबार
    काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैलाई पद चाहिएकाले पार्टी एकतामा गतिरोध आएको बताएका छन्।

    प्रेस संगठन नेपालले पेरिस डाँडामा गरेको १७ औं कृष्ण सेन स्मृति दिवस– २०७६ पुरस्कार वितरण समारोहमा अध्यक्ष प्रचण्डले सबैलाई अध्यक्ष, पोलिटब्यूरो, केन्द्रीय सदस्य नै चाहिएकाले पार्टी एकतामा ढिलाइ भएको बताए।

    ‘यतिबेला हामीलाई साथीहरूलाई म्यानेज गर्न बढो गाह्रो भएको’, उनले भने, ‘यति धेरै आकांक्षीहरू हामी भएका छौं। सबैलाई केन्द्रीय समिति चाहिने, सबैलाई पोलिटव्यूरो नै चाहिने, सबैलाई स्थायी समिति चाहिने, सबैलाई अध्यक्ष नै चहिने भन्ने जस्तो भएको छ।’

    एकताका क्रममा पार्टीमा पदका लागि महत्वाकांक्षी धेरै भएकाले समस्या आइरहेको उनको भनाई छ। नयाँ सोचका साथ पार्टी एकता गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डल भने, ‘बिनाविचार पार्टी एकता गरिएको छैन। प्रष्ट वैचारिक मान्यता, सैद्धान्तिक निष्ठा र राजनैतिक कार्यदिशाको एउटा ओरिन्टेशनसहित पार्टी एकता भएको हो।’

    पार्टी एकताका क्रममा कोही फिट हुन सकेन भने त्यो पार्टीको नभइ व्यक्तिको समस्या भएको उनको भनाइ छ। एकतालाई जनताले अनुमोदन गरी सकेकाले अब पार्टी एकताबाट पछि हट्न नसकिने अध्यक्ष प्रचण्डले बताए। ‘अब हामीमध्ये कसैलाई त्यसले कम्र्फटेवल फिल भएको छैन भने त्यो हाम्रो, हामीमध्ये कसैको प्रोब्लेम हो’, उनले भने, ‘त्यो पार्टीको प्रोब्लेम होइन, जनताको प्रोब्लेम होइन।’

    अध्यक्ष प्रचण्डले एकतामा कम्र्फटेबल फिल नहुनेहरूले पछाडि हट्ने कुरा गरिरहेको बताए। ‘जसलाई कम्र्फटेबल फिल हुन्छ ऊ अघि बढ्छ’, दाहालले भने, ‘पार्टीलाई अगाडि बढाउने विषयमा छलफल भइरहेकाे छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस