२०८२ बैशाख १, सोमबार | Mon, 14, Apr, 2025

नेकपा पोलिटब्यूरो : नाम लेख्दै–मेट्दै प्रचण्ड !

  • २०७६ जेष्ठ ७, मंगलबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति २०७६ जेठ ७ मंगलबार
    काठमाडौं : लामो समयसम्म गठन हुन नसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पोलिटब्यूरोमा अझै सहमति जुट्न सकेको छैन ।
    पोलिटब्यूरो गठनमा पूर्व एमालेबाट सदस्यहरू छान्न कुनै कठिनाइ नभएपनि पूर्व माओवादी तर्फबाट भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘पापड बेल्नु’ परिरहेको छ ।
    गत जेठ ३ गते मदनआश्रित स्मृति दिवसका दिन पोलिटब्यूरो गठन गर्ने तयारी थियो तर अन्तिम समयमा अध्यक्ष दाहालले तयारी नपुगेको भन्दै सदस्यको नाम दिन सकेनन् । त्यसयता सचिवालय बैठक पनि बस्न सकेको छैन ।
    आइतवार सहमति जुटाउने भन्दै सचिवालय बैठक बस्ने तयारी गरिएको थियो तर सदस्य छान्न अझै कठिनाइ भएपछि प्रचण्डकै आग्रहमा सचिवालय बैठक नबसेको स्रोतले दाबी र्गयो ।
    पार्टी विधानको धारा १८ को (घ) को २ मा स्थायी कमिटीसहित केन्द्रीय कमिटीको कुल सदस्य संख्याको बढीमा एकतिहाइ सदस्यको पोलिटब्यूरो गठन गर्न सकिने व्यवस्था छ ।
    पूर्व माओवादीभित्र आकांक्षी धेरै भएकाले पोलिटब्यूरो गठन गर्न प्रचण्डलाई सकस परेको हो । १ सय ४७ सदस्य रहने पोलिटब्यूरोमा पूर्व एमालेबाट ८१ र पूर्व माओवादीबाट ६६ जना रहने सहमति भइसकेको छ । स्रोतका अनुसार पूर्व एमालेमा खासै ठूलो विवाद नरहेको भएपनि पूर्व माओवादीमा २ दर्जन नाम विवादमा परेका छन् ।
    पूर्व माओवादीले पाउने ६६ पोलिटब्यूरो सदस्यमध्ये १९ जना स्थायी कमिटीमा रहेका स्वतः पोलिटब्यूरोमा रहने व्यवस्था छ । बाँकी सम्भावित ४७ जनाको नाम यसअघि सार्वजनिक भएको थियो ।
    सार्वजनिक भएका नाममा हितमान शाक्य, कुलप्रसाद केसी, जयपुरी घर्ती, दिनानाथ शर्मा, हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, उर्मिला अर्याल, ओनसरी घर्ती, प्रभू साह, प्रह्लाद बुढाथोकी, सुनिल मानन्धर, सुरेन्द्र कार्की, जोखबहादुर महरा, नारायण दाहाल, सन्तुदराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कालीबहादुर मल्ल, कमला रोक्का, झक्कु सुवेदी, हरिराज अधिकारी, सुरेशकुमार राई, शशी श्रेष्ठ, डिआर पौडेल, रेखाशर्मा, पूर्णकुमारी सुवेदी, टेकबहादुर बस्नेत, खगराज भट्ट, महेश्वर गहतराज, अन्जना विशंखे, राजु खड्का, कृष्णध्वज खड्का, श्रवण यादव, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, अमृता थापा, सूर्यप्रसाद सुवेदी, सावित्रीकुमार काफ्ले, महेश्वर दाहाल, रामचन्द्र झा, दिलीप प्रजापति, श्रीराम ढकाल, महेन्द्र पासवान, अजम्बर काङवाङ र सुरेश आले मगर ।
    पार्टीले आधिकारिक रूपमा निर्णय गर्नुअघि नै ४७ जनाको नाम सार्वजनिक भएपछि असन्तुष्टि जनाउनेको संख्या बढेको छ । छनोटमा नपरेका १३ जनाहरूले निरन्तर अध्यक्ष प्रचण्डलाई भेटेर असन्तुष्टि जनाउन थालेपछि प्रचण्ड माथि उल्लेख गरेका नाम पुनः सच्याउन तयार देखिएका छन् । स्रोतका अनुसार सार्वजनिक भएकामध्ये आधा दर्जन जति नाम काट्ने र असन्तुष्ट मध्येबाट राख्ने सोचाइमा प्रचण्ड पुगेका छन् तर यतिले मात्र विवाद समाधान हुने देखिन्न ।
    सार्वजनिक भएका माथिका नाममा नारायण शर्मा पौडेल, तिलक परियार, टंक आङबुहाङ, गंगा कार्की, पुष्पविक्रम मल्ल, रामकुमार शर्मा, कुमार पौडेल, मुक्ति प्रधान, वामदेव क्षेत्री, कमल चौलागाई, लेखनाथ न्यौपाने, इन्द्र आङ्बो, लक्ष्मण पन्तलगायत छनोटमा परेका छैनन् । यिनीहरूले पोलिटब्यूरोमा नपरेको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।
    प्रचण्डले पोलिटब्यूरोका लागि यसअघि २ पटक नाम लेख्ने र मेट्ने गरिसकेका छन् । जेठ ३ गते पोलिटब्यूरो घोषणा गर्ने अन्तिम तयारीपछि चलेको छलफलमा प्रचण्डले सार्वजनिक भएका नाम पुनः १ पटक हेरे र तयारी नपुगेको भन्दै पोलिटब्यूरो घोषणालाई स्थगित गरिदिए ।
    पूर्व माओवादीमा तत्कालीन ९९ सदस्यीय सचिवालयबाट ६६ जना छनोट गर्दा पनि ३३ जना नेता पोलिटब्यूरोबाट ‘आउट’ हुने भएपछि असन्तुष्टिको चाङ बढेको छ । आफूले तयार गरेको सूची पटक–पटक विवादमा परेपछि प्रचण्डले अन्तिम सूची तयार नपारिएको भन्दै आकांक्षीलाई थामथुम पार्ने प्रयास गरेका छन् ।
    पूर्व एमालेमा भने पहिलाको पोलिटब्यूरोमा रहेका स्वतः अहिले पनि पोलिटब्यूरोमै पर्ने भएपछि विवाद खासै देखिएको छैन । ५९ जना विवादरहित ढंगबाट पोलिटब्यूरोमा परिसकेका छन् भने थप २२ जनामध्ये केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, घनेन्द्र बस्नेत, देवराज घिमिरे, खगराज अधिकारी, धर्मनाथ साह, गुरु बराल, नरेश खरेल, भानुभक्त जैशी, विजय सुब्बा, शेरबहादुर तामाङ, वैजनाथ चौधरी, केशवलाल श्रेष्ठ, शुशीला नेपाल, जयन्ती राई, कल्याणी खड्का, गरिमा शाह, चुडामणी जंगली, नजिर मियाँ, जीवनराम श्रेष्ठ, रामचन्द्र यादव, गौरी ओली रहेका छन् ।
    उल्लेखित सूचीमा नपरेका राजेन्द्र राई र ठाकुर गैरे थप आकांक्षी देखिएका छन् । सूचीमा परेका विजय सुब्बा र गौरी ओलीलाई हटाएर राई र गैरेलाई राख्ने विषयमा छलफल चलिरहेको स्रोतले बताएको छ । लोकान्तरबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस