२०८२ बैशाख १, सोमबार | Mon, 14, Apr, 2025

बेचबिखनको आरोपमा एक पक्राउ, मुख्य अभियुक्त फरार

  • २०७६ जेष्ठ ७, मंगलबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति २०७६ जेठ ७ मंगलबार
    बिदुर गिरी, मेलम्ची : किशोरी बेचबिखन गर्ने कार्यमा सघाएको आरोपमा प्रहरीले थाङ्पाल पाँचपोखरी गाउँपालिका ४ का ३० बर्षिय नितु शेर्पालाई पक्राउ गरेको छ । भने मुख्य आरोपि ३३ बर्षिय तेन्जेन शेर्पा फरार भएका छन् ।
    रामेछाप जिल्ला स्थायी घर भई हाल पाँचपोखरी थाङ्पाल ४ (बहिनिको घर ) बस्दै आएका तेन्जेन शेर्पा र नितुको मिलेमतोमा सोहि वडाको १६ बर्षिय मेलम्ची एल वान (नाम परिवर्तन ) लाई इन्डियामा लगेर राम्रो जागिर लगाइदिने भन्दै बनेपा पु¥याएका थिए ।
    बेचबिखनको प्रयास यसरी सुरु हुन्छ
    prixa adकक्षा ८ पास गरेर ९ कक्षामा पढ्दै गरेकी मेलम्ची एल वानलाई छिमेकी नितु शेर्पाले जेठ १ गते पानी लिन धारामा गएको बेलामा फकाउन थाल्छिन् । नितुले इन्डियामा लगेर राम्रो जागिर लगाइदिने भन्दै पिडित किशोरीलाई पकाउँछिन् । नितुले बिशोरीलाइ पुन ः अर्को दिनपनि एसैगरी फकाउँछिन् । कोसंग जानी ? कहिले जानी ?
    तलब कति हुन्छ भन्ने पीडित किशोरीको प्रश्नमा नितुले तलब र काम पुगेपछि थाहा हुन्छ तिमिलाई लिन मेरो दाइ आउँछ उसैसंग जानु भन्छिन् भन्दै फकाउन सफल हुन्छिन् । अस्थायी टहरोमा सुतिरहेकी किशोरीलाई लिनको लागि तेन्जेन शेर्पा जेठ ४ गते बिहान ४ बजे किशोरीको टहरोमा पुग्छन् । घरपरिवारले थाहा नपाउने गरी पीडित किशोरी र पीडक शेर्पा त्यहाँबाट हिड्छन् ।
    अभियुक्त शेर्पाले मेलम्ची गएर ओर्लनु म आउँदै गर्छु भनि किशोरीलाई बसमा चडाएर पठाउँछन् र आफु अर्कै गाडिमा मेलम्ची सम्मन पुग्छन् । उनिहरु मेलम्चीबाट संगै बनेपा पुग्छन् । बनेपाको सुनगाभा नामको होटल पुगेपछि तेन्जेन शेर्पाले २ वटा कोठा लिएर एउटामा आफु बस्छन् र अर्कोमा किशोरीलाई राख्छन् । इन्डिया गएर राम्रो जागिर खानि र कमाउनी आशामा घर छाडेकी किशोरीलाई पल्लो कोठामा रहेको तेन्जेनको फोन संबादले झसंग बनाउछ ।
    यसरी खुल्छ रहस्य
    शेर्पाले फोनमा केटी राम्रो छ मलाई त्यति पैसाले हुँदैन भनेको सुनेपछि आफु बेचिन लागेको कुरा पीडितले थाहा पाएपछि पीडक शेर्पाको कोठालाई बाहिरबाट बन्द गरेर उनि होटल साहुको सहयोगमा आफु बेचिन लागेको कुरा बुवा सम्मन पु¥याउन सफल हुन्छिन् । घरपरिवारले खबर गरेपछि केहि समयमै प्रहरी तेस होटलमा पुग्छ । प्रहरी पुग्दा होटलको पैसा तिरिकन शेर्पा त्याहाँबाट भागिसकेका हुन्छन् ।
    बेचिनबाट बचेर परिवारको सरणमा पुगेपछि पिडितका बुवाले इलाका प्रहरी कार्यालय मेलम्चीमा तेन्जेन शेर्पा र किशोरीलाई फकाउन सहयोग गर्ने निजको बहिनि नितु शेर्पाको बिरुद्घमा बिटानी जाहेरी दिएका दिन्छन् ।
    पीडितको जाहेरीकै आधारमा फकाउन सहयोग गर्ने नितु शेपालाई मानेखर्क प्रहरी चौकीले मंगलबार बिहान निजकै घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले खबर ज्योतीलाइ जानकारी दिए । पक्राउ परेका शेर्पालाई मंगलबार नै जिल्ला प्रहरी कार्यालय चौतारामा पेस गर्ने तयारी भएको जनाए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस