२०८२ बैशाख १, सोमबार | Mon, 14, Apr, 2025

पर्यटक लोभ्याउन ग्रेड ट्रेल र भ्यू टावर निर्माण

  • २०७६ जेष्ठ २, बिहिबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति०७६ जेठ २ बिहिबार
    सिन्धुपाल्चोकः पर्यटकीय दृष्टिले सदाबहार चर्चामा रहँदै आएको हेलम्बुमा पर्यटन मार्ग (ग्रेड ट्रेल) निर्माण सुरु भएको छ । स्वदेशी तथा बिदेशी पर्यटकहरुलाइ आकर्षित गर्ने उद्देश्यले हेलम्बु गाउँपालिकाले उक्त पैदल मार्ग निर्माण सुरु गरेको हो ।
    हेलम्बु हिमालयन ग्रेड ट्रेल नामाकरण गरिएको उक्त मार्ग हेलम्बुु–१ बुद्घपार्कबाट सुरु भै सेर्माथाङ, ज्योमथाङ, आमायाङ्ग्री, ढुक्पु, भेमथाङ, पासाङसिरी, गुफुपोखरी, जलंसा, दुवाङ्गगुफा, सेमीसिदाङ्ग, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर अन्त्य हुनेछ ।
    ६० किलोमिटर लम्बाई रहेको पैदल मार्ग निर्माणको कुल लागत ९६ करोड अनुमान गरिएको छ । धेरै लागत लाग्ने भएकाले स्थानिय सरकारको बजेटले मात्र निर्माण कार्य सम्भब नभएकाले यस आर्थिक बर्षमा गाउँपालिकाले १० किलोमिटरको मात्र विस्तृत परियोजना प्रतिवेदन (डि.पि.आर) बनाएर काम सुरु गरेको हो । गाउँपालिकाले डि.पि.आरको काम सकेपछि प्रदेश सरकारले काम अगाडी बढाउनको लागी ५० लाख रुपैयाँ बिनियोजन गरेको छ ।


    पर्यटन प्रवर्धन मार्फत गाउँपालिकालाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यले पर्यटन मार्ग निर्माण सुरु गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । ‘ठुलो लागत पर्ने भएकाले हाम्रो मात्र बजेटले सम्भब छैन । तेसैले माथिल्लो सरकारसंग निरन्तर हातेमालो गर्दै पर्यटन मार्ग लगाएत अन्य बिकास निर्माणको कामलाई अगाडि बढाउँदै जाने छौं’ अध्यक्ष शेर्पाले भने ।
    जंगली जीव–जनावरलाई आवतजावतमा अफ्ठयारो नपरोस भन्ने उद्देश्यले पर्यटन मार्ग निर्माण गर्ने क्रममा बिशेष ध्यान दिइने हेलम्बु गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चेतबहादुर कार्कीले जानकारी दिए । पर्यटकलाई मोहित बनाउँन ठाउँठाउँमा भ्यूटावर निर्माण गरिने कार्कीले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस