खबरज्योति २०७६ बैशाख २६ बिहिबार
सिन्धुपाल्चोकः जिल्ला समन्वय समिति समिति सिन्धुपाल्चोकले सम्भाबित प्रादेशिक सडक योजना छनौट गर्ने क्रममा आफ्नो अधिकारक्षेत्र मिचेर काम गरेको आरोप लागेको छ । स्थानिय सरकारका प्रमुखहरुले समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङ माथि यस्तो आरोप लगाएका हुन् ।
संघिय सरकारबाट प्रादेशिक सरकारमा हस्तान्तरीत दुइ जिल्ला जोड्ने ठुला सडकहरुको स्तरोन्तीको लागि पूर्बाधार बिकास मन्त्रालयले पूर्बाधार बिकास कार्यालय सिन्धुपाल्चोक मार्फत खर्च गर्ने गरी यस बर्ष तीन करोड पचास लाख रुपैयाँ पठाएको थियो । जिल्लाबाट प्रतिनिधित्व गर्नी संघिय सांसद, प्रदेश सांसद, स्थानिय सरकारको प्रमुखहरुको उपस्थितिमा एउटा सडकमा ५० लाख नघटाइ योजना छनौट गर्न समन्वय समितिलाइ पूर्बाधार बिकास कार्यालयले गत चैत ४ गते पत्राचार गरेको थियो । सोहि पत्रको आधारमा तेश्रो जिल्ला सभाबाट ७ ओटा सडक छनौट गरिएको समन्वय समितिले जनाएको छ ।
प्रत्येक सडकले ५० लाखका दरले रकम पाउनेगरी छनौट गरिएको सडकहरुमा खोले घलंसा देउराली सडक, एक्काइस किलो बाफल सुकुटे सडक, सिलढुङ्गा तौथली सडक, मानेभञ्ज्याङ सिमपानी कटुञ्जे डडुवा थाक्ले सडक, भोटेनाम्लाङ गुन्सा रैथाने सडक, जलविरे वनकाली याङलाकोट पाटीचौर घुम्थाङ सडक, भीमटार पौवा सुन्दरीपुर कोल्दुम वडहरे सिपाटार सडक रहेका छन् । छलफलमा आफु सहभागी हुन नसकेकाले कसरी निर्णय भयो थाहा नभएको सामाजिक बिकास मन्त्रि युबराज दुलालले बताए ।
“बजेट कहाँ पर्यो मुख्य कुरा हैन तर छलफल नभएको कुरालाई गलत ढंगबाट प्रचार गर्नु गलत भएकोले त्रुटीलाइ सच्याउनुपर्ने बताउछन् प्रदेश सभा सांसद निमा लामा ।” “संघिय सांसद, प्रदेश सांसद र स्थानिय तहका प्रमुखहरुकै सहमतिमा सम्भाबित प्रादेसशिक सडक छनौट गरिएकोले बिरोध गर्नु सहि नहुने” बताउँछन् समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङ प्राप्त भएको थियो ।
“जिल्ला सभामा सम्भाबित प्रादेशिक सडक छनौटको बिषयमा छलफलनै भएको छैन । योजना छनौटको लागि बोलाइएको बैठक स्थगित गर्नु र छलफलै नभएको कुरा निर्णय भयो भन्नुले समन्वय समिति संयोजकको इमान्दारीतामा गम्भिर प्रश्न उब्जाएको”बताउछन् गाउँपालीका महासंघका सचिब एवम् इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ ।
“उक्त बिषयमा जिल्ला सभामा छलफल भएको र सबैको सहमतिमै निर्णय भएको” मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्यालले बताए तापनि योजना छनौट बारे छलफल भएको कुरा आफुलाई जानकारी नभएको चौतारा साँगाचोक गढी नगरपालिका प्रमुख अमानसीं तामाङ बताउँछन् ।
“हामीले उपस्थिितिमा मात्र हस्ताक्षर गरेका थियौं तेहि हस्ताक्षरको दुरुपयोग गर्दै संयोजकले आफुखुःसी निणर््ाय गर्नुभएछ । उक्त निर्णयलाइ नसच्याउने होभने कानूनि प्रकृयामा जाने हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।” यसै आर्थिक बर्षबाट बजेट कार्यान्वयन सुरु हुने भएता पनि योजना छनौट प्रकृयानै बिबादमा परेपछि थप अन्योलता छाएको छ ।
जिल्ला सभाको निर्णय पुस्तिका हेर्दा सभाको एजेण्डा हस्तलिखित नभएर कम्पयूटर टाइप गरेर टाँसेको देखिनु र निर्णयमा समन्वय समितिको संयोजक र निमित्त समन्वय अधिकारीको मात्र हस्ताक्षेर रहेकाले निर्णय कार्यानोयनमा थप संका उब्जाएको छ ।
प्रतिक्रिया दिनुहोस