२०८२ बैशाख १, सोमबार | Mon, 14, Apr, 2025

सभापति देउवा र पौडेल पक्षबीच चरम विवाद,कार्यक्रम स्थलमै झडप

Thumbnail
  • २०७६ बैशाख २६, बिहिबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति २०७६ बैशाख २६ बिहिबार
    सिन्धुपाल्चोक ः नेपाली कांग्रेसको देशव्यापि रुपमा जागरण अभियान सुरु भएको छ । अभियानलाई सफल पार्नको लागि समग्र काग्रेसका तल्लो तहका नेतादेखि केन्द्रिय तहका नेता गाउँ जाने तयारीमा जुटेका छन् । तर, सिन्धुपाल्चोकमा जागरण अभियान सुरु गरेकै दिनमा विवादले जरो गाडेको छ ।
    सिन्धुपाल्चोकमा कांग्रेसबिच सबै कार्यक्रममा विवादकै अवस्था सिर्जना हुने गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच सिन्धुपाल्चोक कांग्रेसमा सधै किचलोको अपस्था सिर्जना हुने गरेको छ ।
    सिन्धुपाल्चोकमा कांग्रेसको कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत र पार्टी सभापति विकास लामा निकट सधै द्धन्द्धको अवस्था रहदै आएको छ । केन्द्रिय तहबाट जिल्लाका कार्यक्रम गर्ने निर्देशन आएको खण्डमा पनि बस्नेत र लामा निकट पार्टी पार्टीकै छुट्टै कार्यक्रम हुने गरेको छ । जुन सिन्धु कांग्रेमिा पहिल्यैदेखि चलिआएकाृे परम्परा जस्तै बनिसकेको छ ।
    जागरण अभियानमा बस्नते निकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका छन् । कार्यक्रममै विवादको स्थिती आएपछि बस्नेत र लामा निकटका विच झडप भएपछि श्रेष्ठ घाइते भएका हुन् ।
    कार्यक्रमको उद्घाटन सत्र देउवा पक्षधर हरिशरण श्रेष्ठ र जिल्ला सचिव झलक नेपालले पार्टी जिल्ला सभापति विकास लामाले एकलौटी ढंगले पार्टी चलाएको आरोप लगाएपछि कार्यक्रमै विवाद सुरु भयो । जिल्ला सभापति लामाले श्रेष्ठ र नेपालले आफूमाथि लागेका आरोपबारे प्रष्टीकरण दिएपछि दुई पक्षबीच भनाभन सुरु भयो ।
    तर, कार्यक्रम स्थलमा झडप भएपनि सामान्य विवादको स्थिती मात्रै आएको क नेपाली कांग्रेस जिल्ला सचिव बिलबहादुर तामाङले जनाए । उनका अनुसार जागरण अभियान सफल र मर्यादाक्रमै भएको दावी आफ्नो पार्टीको बचाउ गरे । सिन्धुकांग्रेसमा निरन्तर रुपमा हुदै आएको विवाद जागरण अभियानमा आएर समेत अछुतो रहन सकेन ।
    लामो समयदेखि शेरबहादुर देउवा र पौडेल पक्षबीच विवाद रहँदै आएको छ । काग्रेसको विवाद यसअघिको दिनमा समेत बाहिर सम्म छताछुल्ला हुने गरेको छ । सिन्धु कांग्रेसमा विवाद निस्किएपछि गुट र फुटमा कांग्रेस लागेको छ । केहि महिनाअघि पनि कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत समर्थक युवाले तरुण दलको छुट्टै जिल्ला कार्यसमिति घोषणा गर्यो । संस्थापन कमिटीविरुद्ध प्रमोद लामाको नेतृत्वमा समानान्तर जिल्ला कमिटी घोषणा भयो । तदर्थ कमिटीमा २१ सदस्य छ् ।
    स्रोतकाअनुसार कांग्रेसको केन्द्रिय समितीका सदस्य मोहनबहादुर बस्नेतले चुनावताका उनलाई फर्काएका हुन् । चुनावमा दोर्जेको क्षेत्रको मत आफ्नो बनाउँन उनलाई पार्टीमा फर्काएको स्रोतले जनायो । उनलाई पार्टीमा फर्काउन अर्का केन्द्रिय सदस्य बालकृष्ण खाँड समेत आएका थिए ।
    समानान्तर कमिटीमा रहनेलाई पार्टीले तुरुन्त कार्बाही गर्ने जिल्ला सभापति विकास लामाले जनाए । विधानविपरीत रहेर कमिटी गठन गरेकाले पार्टीले कार्वाहि गर्ने उनले जनाए । तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले समानान्तर कमिटीबारे कुनै जानकारी नआएको बताएका थिए ।
    केन्द्रीय सदस्य बस्नेत र जिल्ला सभापति लामाबीच पार्टी चलाउने विषयमा बिगतदेखि नै मनमुटाप रहँदै आएको छ । एकार्काबीच आरोपप्रत्यारोप निरन्तर चलेपछि बस्नेत र तामाङ खेमाको छुट्टाछुट्टै पार्टी संगठन बनेको थियो । तरुण दलको पुरानो जिल्ला कमिटी संस्थापन पक्षतिर नजिक भएर अगाडि बढेपछि बस्नेत खेमाले समानान्तर कमिटी गठन गरेको हो । पहिला पनि बस्नेत खेमाको समानान्तर तरुण दल थियो । तर, पार्टी केन्द्रले अस्विकार गरेपछि विघटन भएको हो ।
    नेपाली कांग्रेसको जिल्ला समिति एकल भएपनि केन्द्रीय सदस्य बस्नेत पक्षधरले प्रतिनिधिसभा–१ मा संस्थापन पक्षलाई जानकारी नदिइ सांगठनिक गतिविधि र सार्वजनिक कार्यक्रम गर्दै आएको छ । एकार्काको कार्यक्रममा जान पार्टी कार्यकर्तालाई निषेध गरिएको स्रोतले जनायो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस