खबरज्योति २०७६ बैशाख २५
सिन्धुपाल्चोकः बलेफिमा बसले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रविसे नगरपालिका ७ का बिजय श्रेष्ठ रहेका छन् ।
बाह्रपिसेतर्फबाट काठमाडौँ जादै गरेको बा ३ ख ९३४ नम्बरको बसले विपरित दिशाबाट जादै गरेको बा ७२ प ९०२४ नम्बरको स्कुटरलाई ठक्कर दिदा घटनास्थलमै स्कुटरमा सवार श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सिन्धुपाल्चोकको प्रहरी नायव निरिक्षक गोकर्ण नेपालले जनाए । बसलाई नियन्त्रणलाई लिई थप अनुसन्धार भैरहेको प्रहरी निरिक्षक नेपालले बताए ।
प्रतिक्रिया दिनुहोस