खबरज्योति २०७६ बैशाख १६ सोमबार
विनाशकारी भुकम्प गएको बिहिबार चार बर्ष पुरा भयो । गोर्खाको बारपाक केन्द्रविन्दु भएर ०७२ साल बैशाख १२ गते भूकम्पको गयो । ०७२ साल बैशाख १२, १३ र २९ गतेलाई फर्केर हेर्दा जोकोहिको पनि मन थामिन सक्दैन । विनाशकारी भूकम्प गएको चार बषपछि भुकम्पबाट भएको असरलाई अवसरको रुपमा .परिर्वतन गर्दै सिन्धुवासी लयमा फर्कदै छन् । भुकम्पले निमेषमै ठलेको सिन्धुपाल्चोकको गाउँबस्ती शहरको छनक दिदै उठेको छ ।
निर्माण समाग्रीको अभाव, महङ्गी, जनशक्तिको अभावको कारण सिन्धुपाल्चोक लयम फर्कन केहि समय लाग्यो । तर, चार बर्ष लाग्दा सिन्धुपाल्चोकका आंशिक भुकम्पले ध्वस्त पारेका संरचना उठेका छन् । भूकम्पले सिन्धुपाल्चोकलाई निमेषमै गल्यामै ढालेको थियो । जुन चोटबाट विस्तारै धर्मराउदै सिन्धुवालिे असरलाई अवसरमा परिर्वतन गरे ।
गोर्खाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले भौतिक र मानविय क्षेत्रमा १४ जिल्लामा सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमा पुर्यो । भुकम्पले ध्वस्त पारेपछि सिन्धुपाल्चोक कुनै घर सग्ला बसेनन् । सरकारी भवन, शैक्षिक संस्था, पार्टीपौवा, धार्मिक तथा सांस्कृतिक सम्पदा, खानेपानीलगायतको चौतर्फि क्षेत्रमा क्षति पुग्यो । पूर्ण रुपमा ध्वस्त भएको सिन्धुपाल्चोक विस्तारै शुन्यबाट विस्तारै लयमा फर्कियको छ ।
स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले पुनर्निमाणलाई पहिलो प्राथामिकतामा राखेको हुना पछिल्लो एक बर्षमा सिन्धुपाल्चोकको पुननिर्माण तिव्र गतिमा आएको हो । ‘हाम्रो पहिलो आधार भएको जनता हो, जनतालाई सुरक्षित गर्नु हाम्रो कतव्र्य भएकाले हामीहरुले पहिलो प्राथामिकताको साथ हेरेका हौ’, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले भने ।
भुकम्पपछिको असरलाई अवसरमा परिर्वतन गर्ने उद्देश्यले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पुर्वाधारको व्यवस्थालाई तिव्रता दिईएको नगरप्रमुख तामाङको भनाई छ ।
निजि आवासतर्फ सिन्धुपाल्चोकमा ८८ हजार २ सय ४९ ले अनुदान सम्झौता गरेका थिए । जसमध्ये ८५ हजार १ सय ७२ जनाले पहिलो किस्ता लिएको जिल्ला कार्यान्वयन आयोजना इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) का प्रमुख जयप्रकाश गुप्ताले जनाए ।
प्रमुख गुप्ताको अनुसार ७९ हजार ७ सय ४१ लाभग्राहिले दोस्रो र ७३ हजार २ सय ७० लाभग्राहिले तेस्रो किस्ता वापतको रकम लिएका छन् । भने ६७ वटा गुम्बा मर्मतको लागि काम सुरु गर्न लागिएको छ ।
यस्तो भएको थियो क्षति ?
भुकम्प परि प्रभावि १४ जिल्लाको करिब १४ हजार जनाले अकालमा ज्यान गुमाए । प्रभावित १४ मध्ये सबैभन्दा धेरै भौतिक र मानविय क्षति सिन्धुपाल्चोकमा भयो । भूकम्पमा सिन्धुपाल्चोकमा ३ हजार ५ सय ७० जनाले ज्यान गुमाए । हजारौ घाइते भए भने सयौँ अशक्त अपाङ्ग भए । उनीहरु अहिलेसम्म लयमा फर्कन सकेका छैनन । भुकम्पले सिन्धुपाल्चोकमा ९५ भौतिक संरचना ध्वस्त भएको जिल्ला दैवि उद्धार समितीले जनायो । ६६ हजार चार सय ४८ घरघुरि मध्ये ६२ हजार एक सय ४५ घर तथा निजि भवन ध्वस्त भएका थिए । भने ५ सय ४७ विद्यालय पूर्ण रुपमा क्षति भएका छन् । यसैगरी ७५ स्वास्थ्यचौकी, १ सय ९५ किमी सडक, १३ पुल र ६ सय ९१ खानेपानी आयोजना पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला दैवि प्रकोप उद्धार समितीको तथ्यांकमा उल्लेख छ । विनाशकारी भूकम्पले सिन्धुपाल्चोकमा रहेका मठमन्दिर, गुम्बा, पार्टीपौवा लगायका सांस्कृतिक सम्पदाहरु अझै उठ्न सकेको छैन । सांस्कृतिक सम्पदा निर्माण नहुँदा धार्मिक तथा पर्यटकिय क्षेत्रमा समेत असर परेको छ ।
संघसंस्थाको खर्च आकलन छैन
विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोक जिल्लामा राहत, उद्दार र पूननिर्माणमा सहयोग पु¥याउँने भन्दै धेरै गैरसरकारी संस्थाले प्रवेश गरे । एकताका जिल्लाका गाउँबस्ती पुरै एनजिओले राम्रै प्रभावमा पारेको सबैलाई थाहा भएको छ । भूकम्प गएको चार बर्षमा शिर्षकमा कति खर्च गरे स्थानीय प्रशासनसँग समेत कुनै तथयांक छैन । पीडितको नाममा संघसंस्थाले आर्थिक ब्रह्महलुट मच्चाईरहदाँ स्थानीय प्रशासन निरीय बनेको छ । स्थानीय सरकार आएपछि संघसंस्थाको कार्यमा केहि लगाम लागेको छ । तर, अवस्था सुधार आउन सकेको छैन ।
भूकम्प पश्चात आकस्मिक राहतको नाममा मात्र संघसंस्थाले गरी भूकम्पपीडितका लागि ४ अर्ब खर्च गरेको प्रशासनसँग डाटा छ । त्यसपछि भएको हालसम्म जम्मा कति खर्च भयो विवरण तयार गर्न सकेको छैन । सुरुकै अवस्थामा पनि तत्कालि प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडिले पीडितको नाममा ४६ अर्ब ध्वस्त पारेको डाटा देखाएका थिए । चौतर्फि आलोचनाको अवस्था सिर्जना भएपछि दुवाडिले मात्र ४ अर्बको खर्च विवरण तयार गरेको थिए । सुरुकै रेसियोमा हेर्ने हो भने पीडितको नाममा यति खर्च भयो भन्ने आँकलन लगाउँन सक्ने अवस्था छैन ।
संघसंस्थाले पीडितको नाममा खर्च गरेको रकम उपलब्धि मूलकक्षेत्रमा लगानी भएको भए पीडितहरु अहिले आफ्नै पक्की घरमा ढुक्कसँग जिवन बेतीत गरिरहेका हुन्थ्ये । संघसंस्थाको यस्तो लापर्वाहि हुदाँ समेत स्थानीय प्रशासन मौन छ । आगामि दिनमा छिट्टै संघसंस्थाको आर्थिक हिसाब सार्वजनीक गर्ने तयारीमा रहको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताएका थिए । तर, उनले पनि पीडितले गरेको खर्च विवरण बुझाउन सकेन् । सिन्धुपाल्चोकमा गतसाता मात्रै कार्यभार सम्हालेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङलले थाहाखबरले गरेको कुराकानी यस बिषयमा थप खोज गर्ने जनाइन् ।
जिविकोपार्जको बहानाका परनिर्भरता
सिन्धुपाल्चोकमा विनाशकारी भूकम्पपछि १ सय भन्दा धेरै संघसंस्था भित्रिए । संघसंस्थाले भुकम्पपीडितलाई जिविकोपार्जनको बहानामा गाउँबस्तीमा गएर झिनो रकम धेरै बाडे । भूकम्पपीडितलाई जिविकोपार्जन भन्दै सानो सानो रकम वितरणपछि समाजलाई जिविकोर्पाजनको बहानमा परनिर्भतातर्फ धकेलेको छ । कसैलाई तराकारी खेती, कसैलाई पशुपालन त कसैलाई साना व्यापारका लागि भन्दै पाँच दश हजार छरेर पीडितलाई भूलाईरहे । जुन प्रत्रिया अहिलेसम्म पनि रोकिएको छैन ।
‘नपाउनेले के पायो बोक्रैसँग चपायो’ भन्ने उखान नेपाली समाजमा जतिको चर्चित छ हाम्रो समाजका मानिसहरु पनि संस्थाले दिएको पाँच सात हजारमा लठ्ठीएर बसेका छन् । आफ्नो नाम बेचेर विदेशी डलर कति ध्वस्त भयो पीडितलाई के थाहा ? संघसंस्थाले पीडित प्रभावितका लागि सरसफाइ, सुरक्षा र जीविकोपार्जनका लागि भनेर विभिन्न कार्यक्रम गरीरहेका छन् । संघसंस्थाले भुकम्पको पहिलो फेजमा आएर युवायुवतीलाई छोटो समयमा मोटो रकमको काम दिएको कामले अहिलको समाज परनिर्भरतातर्फ धकेल्लिएको जानकारहरुको भनाई छ ।
आ–आफ्नो स्वार्थमा संघसंस्था
आकस्मिक उद्धार तथा राहतका लागि जिल्ला भित्रिएका १ सय भन्दा धेरै संघसंस्था भित्रिएका थिए । आकस्मिक चरणमा नै उनीहरूले ४ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन् । तर, अर्बौं रकम खर्च भइसक्दा भूकम्पपीडितको अवस्थामा देखिने गरी कुनै सुधार भने भएको छैन । संघसंस्था आए अनि पीडितका नाममा अर्बौं खर्चिएर गए तर पीडितको अवस्था अझै उस्तै छ ।
कुनै संस्था धर्मको प्रचार गर्न जिल्ला भित्रिएको भन्ने हल्ला नचलेको पनि होईन । जिल्लामा कार्यरत संस्थाहरुले हालसम्म कति खर्च गरे अनि कति खर्च गर्ने योजनामा छन् भन्नेमा जिल्ला दैवी प्रकोप उद्धार समिति स्वयं बेखबर छ । उनीहरूले कुन ठाउँमा के काम गरे अनि सम्झौताअनुसार काम गरे गरेनन् भन्ने कुरा अझै अन्योलमा छ ।
सेभ द चिल्ड्रेन, वल्र्ड भिजन, यूएनडीपी, युनिसेफ, प्लान इन्टरनेसनललगायतका संघसंस्थाले जिल्ला समन्वयय समितीसँग कार्यक्रमको बजेट उल्लेख गरेनन । उनीहरु अहिले आफ्नो कार्यक्रम सम्पन्न गराएर फर्किसकेका छन् । तर, पीडितको नाममा उनीहरुले कति बजेट सके भन्ने स्थानीय प्रशासन समेत अनविज्ञ छ ।
विद्यालय निर्माण अन्तिम चरणमा
विनाशकारी भूकम्प गएको तीन बर्ष बित्नै लागेपछि सिन्धुपाल्चोक जिल्लाका विद्यालयका पुननिर्माण्मा तिव्रता पाएको छ । सरकार, दातृ निकाय र विभिन्न संघसंस्थाले पुनर्निर्माण गर्न सहयोग गरेपछि सामुदायिक विद्यालय भवन निर्माण तीव्र गतिमा अघि बढेको हो ।
२०७२ वैशाख १२ को भूकम्पले सिन्धुपाल्चोकमा सर्वाधिक क्षति पु¥याको थियो । सिन्धुपाल्चोकका ५ सय ५७ मध्ये भूकम्पले ५ सय २८ सामुदायिक विद्यालयका भवन पूर्णरुपमा ध्वस्त बनाएको तथ्याङ छ । शैक्षिक सुधारको लागि विद्यालय मर्ज गरेपछि क्षतिग्रस्त विद्यालय संख्या ५ सय १४ हुन आएको जिल्ला आयोजना कार्यान्वय इकाइका प्रमुख कृष्ण सुवेदीले जनाए ।
विद्यालयका झन्डै ५ हजार कक्षा कोठा क्षतिग्रस्त भएका थिए । भूकम्पले जिल्लाका ५ सय ५७ मध्ये ५ सय २८ सामुदायिक विद्यालयका भवन पूर्णरुपमा ध्वस्त बनाएको थियो । तीमध्ये हालसम्म सिन्धुपाल्चोकका विद्यालयको निर्माण अन्तिम चरणमा पुगेको छ । पुनर्निर्माण सम्पन्न विद्यालय भवन धमाधम हस्तान्तरण भइरहेका छन् । शैक्षिक संस्था पुनर्निर्माणमा एनजिओ र आइएनजिओको ठूलो सहयोग सिन्धुपाल्चोकमा रहेका छ ।
फर्कियो खुसी, ६३ हजार नयाँ घरमा
भुकम्पबाट ध्वस्त भएकामध्ये ७३ हजार २ सय ७० लाभग्राहिले नयाँ घर बनाएका छन् । असरलाई अवसरमा रुपान्तरण गरेका सिन्धुवासिको खुसी फर्किएको छ ।
भूकम्पले घर त भत्कायो, अहिले भुकम्प प्रतिरोधि नयाँ घरमा बस्न पाइएको छ हेलम्बु गाउँपालिका ६ कि कान्छि तामाङले भनिन् ‘भुकम्पको बेलामा कहाँ, बस्ने, के खाने भन्ने समस्या परेको थियो अहिले नयाँ घर बनेको छ, गाउँमा सबैले प्राविधिकको निगरानिमा आफ्नो क्षमता अनुसारको भुकम्पप्रतिरोधि घर निर्माण गरेका छन् ।’
निर्माणको बेलामा निर्माण सामाग्रीको अभाव, महङ्गी, जनशक्तिको व्यापक अभाव खेप्नुपरेको थियो । तर, अहिले हामीले नयाँ जिवनको सुरुवात गरेको महसुश भएको जनाइन् ।
प्रतिक्रिया दिनुहोस