खरज्याेति २०७६ बैशाख ८ अाईतबार
काठमाडौं : भोलिसम्ममा एकता प्रक्रिया टुंग्याउने तयारी गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अनिश्चित बनेको छ। अप्रिल २२ अर्थात् वैशाख ९ गते पर्ने नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा एकता प्रक्रिया टुंगिएको घोषणा गर्ने तयारी यसअघि गरिए पनि नेकपाको एकता प्रक्रिया टुंगिने सम्भावना कम हुँदै गएको हो।
शीर्ष तहमा अनौपचारिक छलफल भने केही दिनदेखि चलिरहेको छ। शीर्ष नेताहरु आज दिनभर पनि विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेकाले पार्टीको आन्तरिक छलफल निर्णायक बन्ने सम्भावना कम बनेको हो। यसअघि हिजो शनिबार बिहान पनि अध्यक्षद्वयबीच छलफल भएको थियो।
प्रतिक्रिया दिनुहोस