२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

कांग्रेस जागरण अभियान लिएर गाउँ जाने

Thumbnail
  • २०७६ बैशाख ८, आईतबार मा प्रकाशित ५ साल अघि
  • खबरज्याेति
    बैशाख ८, २०७६ अाईतबार
    काठमाडौं : केन्द्रमा उठेको सार्वजनिक चासोको विषयमा समेत प्रतिपक्ष कमजोर देखिएको टिप्पणी आइरहँदा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस तीन चरणका जागरण अभियान लिएर गाउँ जाने भएको छ। पहिलो चरणको जागरण अभियानको अन्तिम तयारीमा रहेको कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले बताए।
    वैशाख ११ लोकतन्त्र दिवसको अवसर पारेर जेठ ११  गतेसम्म,  दोस्रो चरण  भाद्र २४ बीपी जयन्तीको अवसर पारेर असोज ७ सम्म र तेस्रो चरण पुस ७ मेलमिलाप दिवसको अवसर पारेर पुस १६ सम्मका जागरण अभियानको तयारी कांग्रेसले गरेको छ।
    तीन दिनपछि अर्थात् बुधबारदेखि पहिलो चरणको जागरण अभियान गर्दैछ। साझा कार्यक्रमसहित ७७ जिल्लामा पुग्न थालेको कांग्रेसले आफ्ना उद्घाटन सत्रका शैली पनि एक बनाएको छ। ‘वर, पिपल वा शमीजस्ता दीर्घजीवी वृक्षमा जल सिंचन गरेर वा पानसमा दीप प्रज्ज्वलन गरेर’ कसरी उद्‍घाटन गर्ने भन्ने विषयमा पनि एकरूपता कायम गरिनेछ। केन्द्रीय स्तरबाट कांग्रेसलेले ७७ जिल्लामा प्रतिनिधि तोकिसकेको छ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस