२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

अारामकाे लागि अध्यक्ष प्रचण्ड पुगे सुकुटे

  • २०७६ बैशाख ५, बिहिबार मा प्रकाशित ५ साल अघि
  • खबरज्याेति ५ बैशाख २०७६
    सिन्धुपाल्चोक: नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेमा अाएका छन् ।
    अारामकाे लागिकाे लागि प्रचण्ड सुकुटे अाएकाे नेकपाकाे केन्द्रीय सदस्य माधव सापकोटा सुवाेधले जानकारी दिए ।
    विप्लवले अाज अाह्वान गरेकाे नेपाल बन्दलाई नियाल्दै प्रचण्ड सिन्धुपाल्चोक सुकुटे पुगेका हुन् । बन्दको अवज्ञा गर्दै उनी यहाँ आइपुगेका हुन् ।
    प्रचण्डसँगै पत्नी सीता दाहाल, सिन्धुपाल्चोक क्षेत्र नं १ का सांसद तथा पूर्व सूचना तथा सञ्चार मन्त्री अग्नीप्रसाद सापकोटा पनि सुकुटे पुगेका छन् ।
    पारिवारिक अारामकाे लागि पुगेका प्रचण्ड बिहिबार सुकुटे नै बसेका छन् । प्रचण्ड अारामकाे लागि धेरै पटक सुकुटे अाएका छन् । पर्यटकिय दृष्टिकोणले गन्तव्यकाे रूपमा मानिएकाे सुकुटे र्याफटिकाे लागि प्रख्यात छ । प्रचण्डले पनि सुकुटेमा र्याफटिङ् गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस