खबरज्याेति २०७५ बैशाख ४ बुधबार
सिन्धुपाल्चोक: देशैभर बुधबारदेखि तीन दिन मौसम खराब हुने जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्क हुन सचेत गराएको छ ।
मेघ गर्जन, चट्याङ, गड्याङगुडुङ र असिनासहित वर्षा हुने विभागको अनुमान छ । महाशाखाले तीन दिनको मौसम प्रक्षेपण गर्दै पश्चिमी वायुको प्रभाव बुधबारदेखि थप सक्रिय हुने भएकाले देशैभर असर पर्ने बताएको हो । पूर्ण र आंशिक बदली भई देशैभर हावाहुरी, चट्याङ, मेघगर्जन, असिना र पानी पर्ने देखिएकाे महाशाखाकी मौसमविद् मञ्जु बासीले बताईने ।
इरान, पाकिस्तान, भारत हुँदै सोमबार पश्चिम क्षेत्रबाट पश्चिमी वायु नेपाल छिरेको हो । मंगलबार रामेछापभन्दा पश्चिमका भागमा मेघगर्जनसहित वर्षा भएको उल्लेख गर्दै महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपात हुनसक्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस