२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

प्रदेश ३: पाँच दिनपछिको बैठक ८ मिनेटमै स्थगित

  • २०७६ बैशाख ३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति २०७६ बैशाख ३ मंगलबार
    हेटौँडाः पाँच दिनपछि मंगलबार बसेका प्रदेश ३ प्रदेशसभाकोे बैठक करिब आठ मिनेटमै स्थगित भएको छ ।
    मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा सदनमा पेश भएका चारवटा विधेयकमाथि दफाबार छलफलका लागि समितिमा पठाइएपछि स्थगित भएको हो ।
    बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि शिक्षा स्वास्थ्य तथा कृषि समितिले बनाएको प्रतिवेदन समितिमा पेश गरेको छ ।
    उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालको तर्फबाट सामाजिक विकास मन्त्री युवराज दुलालले पेश गरेको प्रोदेशिक व्यापार व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइएको छ ।
    मन्त्री दुलालले पेश गरेको मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा दफाबार छलफलका लागि पठाइएको छ । प्रदेश ३ का भूमी, व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रस्तुत गरेको प्रदेश बीउविजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रादेशिक कृषि व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस