२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

हेलम्बुको विकास बजेट र काम चैत मसान्तमै सम्पन्न

  • २०७६ बैशाख ३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति २०७६ बैशाख ३ मंगलबार

    हेलम्बुः सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको विकास बजेट चैत्र मसान्तमै सम्पन्न भएको छ ।  स्थानीय, प्रदेश र संघीय सरकारले लक्ष्यअनुसार, बजेट खर्च गर्न नसकिरहेको बेलामा हेलम्बु गाउँपालिकाले चैत्र मसान्तमै बजेट सकेको हो ।

    सिन्धुपाल्चोकको १२ वटा स्थानीय तहमध्ये हेलम्बु गाउँपाकिा विकासका दृष्टिले दु्रत गतिमा परिर्वनत भैरहेको छ । नयाँ वर्ष लागेसँगै हेलम्बु गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि फुर्सदिला भएका हुन् । चालू आर्थिक वर्ष ०७५।७६ को बजेटअनुसारका सबै योजना र काम सकिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जनाए ।

    हेलम्बु सरकारले गत असारमा दोस्रो साता बजेट ल्याएको थियो । १० असारमा बसेको तेस्रो गाउँसभाले नीति कार्यक्रम तथा बजेट पारित गरेको थियो । गाउँसभाले बजेट पारित गरेसँगै योजनाको ठेक्का सम्झौता गर्न आह्वान गरेको थियो । ‘तत्काल योजना कार्यान्वयमा लग्ने नीतिअनुरूप सम्झौता गरेका थियौँ,’ अध्यक्ष शेर्पाले भने ।

    यसका लागि हेलम्बु सरकारले आर्थिक ऐन बनाएर योजना सम्झौता गर्ने समयसीमा तोकेको थियो । त्यसपछि सम्झौतामै भदौ–असोजमा योजना कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गरेको थियो । उपभोक्ता समितिसँग पनि असोजभित्रै कार्यान्वयन तहमा जानुपर्ने सम्झौता गरेको अध्यक्ष शेर्पाले बताए । ‘योजना सम्झौता गर्दा नै चैत मसान्तभित्र काम सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोेकेका थियौैँ । त्यहीअनुसार सबैले काम सम्पन्न गरेका छन,’ उनले भने ।

    ३७ जनप्रतिनिधि र २० कर्मचारी कार्यरत छन् । गाउँपालिकाका अनुसार सबै योजना सम्पन्न भएका छन् । केही छुटफुट योजनाको मात्रै भुक्तानी  बाँकी छ । हेलम्बुले चालू आर्थिक वर्षका ३८ करोड २९ लाख ५३ हजारको बजेट ल्याएको थियो । हेलम्बु सरकारले आफ्नो बजेटअन्तर्गका योजना सम्पन्न गरेपछि संघ र प्रदेश सरकारले बजेट विनियोजन गरेको योजनाको भने काम हुँदैछ । संघले र प्रदेशले बजेट पठाउन ढिला गरेकाले काम भइरहेको अध्यक्ष शेर्पाले बताए । केन्द्रले समपूरक र विशेष बजेट शीर्षकमा अर्थ मन्त्रालयबाट विनियोजित चार करोड ५१ लाख विनियोजन गरेको थियो ।

    त्यस्तै, प्रदेश ३ सरकारले विशेष बजेटअन्तर्गत एक करोड विनियोजन गरेको छ । ती योजना कार्यान्वयन भइरहेका छन् । समपूरक र विशेष बजेटअन्तर्गत एउटा नमुना विद्यालय, पाँचवटा सडक, दुईवटा वडा कार्यालय भवन र सोलार बत्तीको काम अघि भइरहेको छ । त्यसका लागि जिल्ला समन्वय समितिले डिपीआरसहित बजेट माग गर्न यहाँका स्थानीय सरकारलाई पत्र पठाएको थियो । हेलम्बुले फागुनमै योजनाको डिपिआरसहित बजेट माग गरेको थियो । तर, सिन्धुपाल्चोकका अन्य ११ स्थानीय तहले भने समपूरक र विशेष बजेटका अझै पनि डिपिआरसहितको माग पेस नगरेको जिल्ला समन्वय समितिले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस