२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सल्लाको दियालो बालेर पढ्छिन् ‘प्रधानमन्त्रीकी छोरी’

  • २०७६ बैशाख २, सोमबार मा प्रकाशित ५ साल अघि
  • नन्दबहादुर रोकाया १ बैशाख २०७६
    मुगुः प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष वैशाख १ गते रारामा विद्यालय भर्ना अभियानको सुरुवात गरेका थिए । विद्यालय भर्ना अभियानसँगै प्रधानमन्त्री ओलीले एक बालिकालाई छोरी भनेर सम्बोधन गरी काखमा च्यापेर भर्ना गराएका थिए । ठिल्लेका बुवा छैनन् । आमा, बाजेबजै र एक बहिनी छन् ।
    ठिल्ले साङमु लामा गाउँमा प्रधानमन्त्रीकी छोरीका रूपमा चिन्ने गर्छन्। उनलाई सबैले प्रधानमन्त्रीकी छोरी भनेर बोलाउँछन् । ’सबैले मलाई प्रधानमन्त्रीकी छोरी भन्छन्’, उनी भन्छिन, ’म पनि पढेर ठूलो भए प्रधानमन्त्री बन्छु ।’ शिक्षकका भनाइमा शान्त शालीन स्वाभावकी ८ वर्षीयाकी ठिल्ले साङमु पढाइमा, सरसफाइमा राम्री र एक असल छात्रा हुन् । घरायसी कामदेखि नियमित विद्यालय आउने पढाइमा पनि राम्रो ज्ञान भएकी ठिल्ले साङमु लामा यो वर्ष कक्षा १ बाट प्रथम भई कक्षा २ मा प्रवेश गरेकी बुद्ध मावि माग्रीका निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताए ।
    विद्यालयमा पनि ठिल्ले साङमुलाई प्रधानमन्त्रीकी छोरी भनेर अन्य विद्यार्थीले चिन्ने गरेका प्रधानाध्यापक ओलीको भनाइ छ । सल्लाको दियालो बालेर पढ्छिन् प्रधानमन्त्री छोरी ठिल्ले साङमु लामाको घरमा उज्यालो बनाउने कुनै वस्तु छैन । उज्यालोका लागि सल्लाको दियालो प्रयोग गर्ने गरिन्छ । तर, त्यो सजिलै पाइँदैन । उज्यालोका लागि सल्लाको दियालो ल्याउन एक दिनभरि जंगल जाने गरेको आमा छिजु तामाङ लामाले बताइन् ।
    ’घरमा उज्यालो गर्ने अन्य साधन नभएपछि सल्लाको दियालो बाल्ने गरेका छौँ । छोरीले पनि अध्यारोको समय सल्लाको दियालो बालेर पढ्ने गरेकी छिन् । विद्यालयमा कस्तो पढ्छिन, थाहा छैन । तर, घरमा घरायसी समस्याले पढ्न खासै पाउँदिनन’, उनले भनिन, ’सोलार किन्ने पैसा छैन । खेतीपाती गरौँ, जग्गा छैन । तीन महिनासम्म पनि खाना पुग्दैन । श्रीमान् तीन वर्ष पहिले बित्नुभयो । सबै जिम्मेवारी ममाथि थपिएको छ ।
    प्रधानमन्त्रीले छोरीलाई स्कुल त भर्ना गरिदिनुभयो। कापी कलम किन्नै समस्या छ ।’ राधिका शाक्यकी छोरी रारामा भर्ना गराएका ८ जना विद्यार्थीमध्ये प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यले भर्ना गराएकी छिरिङ छेम्जोम स्कुल त जान्छिन् तर उनको पढाइ राम्रो नभएको विद्यालयले जनाएको छ । उनी पनि प्रधानमन्त्री ओलीले भर्ना गराएकी ठिल्ले साङम लामा पढ्ने विद्यालय बुद्ध मावि माग्रीमा नै पढ्छिन् । उनको पढाइ खासै राम्रो नभएको र विद्यालयमा पनि नियमित नआउने गरेको विद्यालय जनाएको छ । छिरिङ छेम्जोम लामा कक्षा २ बाट ३ मा प्रवेश गरेकी छन् ।
    छिरिङ छेम्जोमको पनि बुवा छैनन् । उनका बुवालाई चार वर्षअघि यार्सा संकलनका क्रममा लुटेराले मारेको थियो । घरमा आमा दुईबहिनी भएकी छिरिङ छेम्जोमको घरमा पनि प्रधानमन्त्रीकी छोरी ठिल्ले साङमुको जस्तै छ । एकल आमाले अर्काको काम गर्न गरेर बालबच्चाको पालनपोषण गर्दै आएकी छिन् ।

    थाहाखबरबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस