खबरज्योति २६ चैत्र २०७५
सिन्धुपाल्चोकः सिन्धपाल्चोकको जुगल गाउँपालिका ३ मा रहेको जुगल हिमालमा आज पहिलोपटक मानव पाइला पुग्ने भएको छ । हिमशृंखलामध्येको सबैभन्दा अग्लो चुचुरो भर्जिन ग्याल्जेन पिकमा आज मानवपाइला पुग्ने भएको हो ।
आरोहण टोली ४ हजार ७ सय २४ मिटरको उचाईबाट सोमबार साँझ चुचुरोतर्फ लागेका छन् । ६ हजार १ सय ५१ मिटरको उचाईमा रहेको चुचुरोमा मंगलबार आरोहि टोली पुग्ने भएको हो ।
लगातारको वर्षाले भारी हिमपात भएपछि खराब मौसमका कारण आरोहण टोली बीचमै अलपत्र परेको थियो । अहिले मौसम सफा रहेकाले खाद्यान्न सकिएको र आरोहण टोली समस्यामा परेको जानकारी पाएपछि सोमबार सिम्रिक एअरको हेलिकोप्टरले खाद्यान्न पु¥याएको थियो ।
हिमाल आरोहणमा हिँडेका सगरमाथा आरोही माया गुरुङ, मिलन तामाङ, प्रेम गुरुङ र शर्मिला थापा चुचुरो चुम्न जानेछन् । २८ डिग्री ११ मिनेट अक्षांश र ८५ डिग्री १७ सेकेण्ड देशान्तरमा रहेको जुगल हिमाल जुगल गाउँपालिका ३ गुम्बामा रहेको छ ।
बेसक्याम्पमा पुगेपछि स्वास्थ्यमा खराबी आएपछि आरोहण टोलीका सदस्य एवं नेकपाका युवा नेता एवं केन्द्रीय सदस्य माधव सापकोटा र नेकपाका प्रदेश सदस्य सुभाष कर्माचार्य फर्केका थिए ।
प्रतिक्रिया दिनुहोस