खबरज्योति २४ चैत्र २०७५
सिन्धुपाल्चोक: विकास निर्माणलाई तिव्र रुपमा अगाडि बढाउँनको लागि बजेट वितरण गर्दा जनउपयोगी हुनेपर्ने प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलले बताएका छन् । चौतारा बहुमुखी क्याम्पसको १३ औँ साधारणसभा तथा छौटौँ अधिवेशनलाई सम्बोधन गर्दै विकास निर्माण गर्दा जनताको आवश्यकतालाई पहिचान गरेर गर्नुपर्नेमा जोड दिए ।
अहिले बनेको योजनाले मुलुकलाई विकासमा नभएर विनासको बाटोमा केन्द्रित गरेको धारण राखे । विकास निर्माणको काम गर्दा समुदायलाई केन्द्रित गरेर त्यहाँको आवश्यकतालाई प्राथामिता दिनुपर्नेमा जोड दिए ।
देश विकास हुन नसक्नुको मुल जड बजेट विनियोजन गर्दा आवश्यकतालाई भन्दा आफन्तलाई हेर्ने प्रवृत्तिले समृद्धि ल्याउन सरकार असफल भएको तर्क राखे । ‘जनताको आवश्यकतालाई प्राथामिकताको साथ प्रदेश सरकारले हेरेको हुनाले आगामि दिनमा समृद्ध प्रदेशको रुपमा विकास गर्ने योजना अगाडि सारेका छौँ ।’ मुख्यमन्त्री पौडेलले भने,‘अरु प्रदेशभन्दा प्रदेश ३ सरकारले जनताको प्राथामिकतालाई आधार मानेकार विकासको कामलाई अगाडि बढाएको छौँ ।’
सामुदायिक क्याम्पसहरुलाई सरकारले डस्वीनमा फालीएको व्यावहार गरेको आरोप लगाए । प्रदेश ३ सरकारले शिक्षा क्षेत्रको विकासको लागि १ अर्ब बजेट विनियोजन गरेको समेत जनाए । प्रदेश ३ मा रहेको १ सय ६० सामुदायिक क्याम्पसहरुको समृद्धिको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उद्घोष गरे ।
शिक्षकले अदृष्यि रुपमा भ्रष्टाचार गरिरहेको हुनाले शैक्षिक क्षेत्रको विकास हुन नसकेको दावी गरे । देश संघिय तहमा विभाजित भएर विकासमा केन्द्रित भएकाले आगामि चार बर्षमा देशले काँचुली फेर्ने बताए ।
यस्तै, आगामि दिनमा शैक्षिक वृद्धिमा मात्रै नभएर गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले बताए । शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि प्रदेश सरकारले प्रदेश विश्वविद्यालय निर्माण तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको र उक्त विश्वविध्यालय हाल रहेका बिध्यालय भन्दा बिलकुल फरब रहेको जानकारी दिए ।
अहिल प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेको प्रभावकारी बन्दै गएकाले आगामि शैक्षिक बर्षमा प्रदेश ३ का सबै विद्यालयहरुमा नर्स राख्ने योजना रहेको जनाए । अहिलेको शिक्षाले परनिर्भर मानसिकता भएका जनशक्ति निर्माण गरिरहेको हुनाले प्राविधिक शिक्षामा प्रदेश सरकार लागेका बताए । सामुदायिक क्याम्पसहरुको सबलिकरण र बिकासका लागि प्रदेश सरकार सधै लागिरहने उनले बताए । अहिलेको यस समयमा ठुला ठुला क्याम्पस निर्माण भइरहेको र भवन निर्माणले मात्रै क्याम्पसको बिकास नहुने हुदा क्याम्पसको शैक्षिक गुणस्तर बृद्धिका लागि अब लाग्नुपर्ने कुरामा जोड दिए ।
अबको संघर्ष शिक्षा अनिवार्य पाउनुपर्छ भन्नेमा हैन गुणस्तरीय ब्यबसायिक र प्राबिधिक अनिवार्य रुपमा पाउनु पर्ने भन्ने हो उनले बताए ।
यसैगरी सामुदायीक क्याम्पस चलाउन समुदायको नै भुमिका रहेको हुदा सामुदायीक क्याम्पसहरुले शिक्षामा फडको मार्न नसकेको प्रदेश नम्बर ३ का प्रदेश सांसद सरेस नेपालले बताएका छन । अब क्याम्पसको संख्या मात्रै बढाएर नहुने हुदा नयाँ कुराको खोज र अनुसन्धान गरेर शिक्षामा बिकास गर्नुपर्ने कुरामा जोड दिए ।
उक्त चौतारा बहुमुखी क्याम्पसको १३ औँ साधारणसभा तथा छौटौँ अधिवेशनमा बिशिष्ट सल्लाहाकार संयोजक पुण्य प्रसाद न्यौपाने चौतारा साँगाचोकगढी नगर प्रमुख अमानसिं तामाङ जिल्ला प्रमुख अधिकारी कृष्ण प्रसाद अधिकारी, लगाएतले मन्तव्य राखेका थिए । क्याम्पस संचालक समितीका अध्यक्ष कृष्णराज श्रेष्ठका अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख नगेन्द्र दंगालले क्याम्पसको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस