२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

तीन दिनसम्म देशभरको मौसम गडबढी हुने सम्भावना

  • २०७५ चैत्र २२, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति २२ चैत्र २०७५
    काठमाडौंः देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको छ । साथै तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    शनिबार पनि अधिकांश भागको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनका साथ हल्कादेखि मध्यम वर्षा र बिहानको समयमा तराईमा हल्का हावाहुरी चल्ने महाशाखाले प्रक्षेपण गरेको छ ।
    त्यस्तै, आइतबार केही स्थानमा मेघ गर्जनसहित वर्षा र मध्य तथा पश्चिमका थोरै स्थानमा हल्का हावाहुरी चल्ने सम्भावना रहेको जानकारीसहित महाशाखाले तीन दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस