२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

हुरी प्रभावितको घर बनाउँने जिम्मा सेनालाई

  • २०७५ चैत्र २२, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति २२ चैत्र २०७५
    काठमाडौंः सरकारले बारा पर्साका हुरी प्रभावितहरुका लागि घर बनाउँने जिम्मा नेपाली सेनालाई दिने भएको छ । वर्षा घर निर्माण गरिसक्नुपर्ने भएकाले सेनालाई जिम्मा दिएको हो ।
    मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेश सरकारसँग समन्वय गरेर घर बनाउने निर्णय गरेको हो । प्रदेश २ सरकारले हुरी प्रभावितहरुलाई वर्षा अगावै प्रिफ्याब घर बनाइदिने निर्णय गरेको थियो । अब केन्द्र सरकार र प्रदेश मिलेर घर बनाउने भएको छ ।
    मुख्यमन्त्रीहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको छलफलमा सेनालाई घर बनाउँने जिम्मा दिने निर्णय भएको बताईएको छ । मन्त्रिपरिषदको बैठकले घर निर्माणका लागि प्रदेश २ का मुख्यसचिव दिपक सुवेदीको नेतृत्वमा पाँच सदस्यीय समिति पनि बनाएको छ ।
    समितिमा सहरी विकास मन्त्रालयका प्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि, बारा र पर्साका प्रमुख जिल्ला अधिकारी सदस्य रहनेछन् । घर जनता आवास मोडलको हुने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जनाए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस