खबरज्योति, १९ चैत्र २०७५
सिन्धुपाल्चोकः प्रदेश ३ सरकारले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितका लागि एक करोड रुपियाँ सहयोग गर्ने भएको छ ।
प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा हावाहुरी प्रभावित बारा र पर्सा जिल्लाको विभिन्न स्थानको आइतबार मन्त्रीसहितको टोलीले निरीक्षण समेत गरेको थियो ।
मंगलबार बिहानै बसेको प्रदेश तीनको कार्यव्यवस्था परामर्श समितिको बैठकले समेत तीनदिन बराबरको सांसद्को तलब बापत् रकम हावाहुरी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस