२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

जनजागृती माविको भवन निर्माण कार्य तिब्र गतिमा

  • २०७५ चैत्र १८, सोमबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति १८ चैत्र २०७५

    सिन्धुुपाल्चोकः सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं ३ स्थित कालिकामा भूकम्पले ध्वस्त भएको विद्यालय भवनको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ ।

    जापान सरकारको आर्थिक सहयोगमा, चाइल्ड फण्ड जापान र टुकी संघ सुनकोशीले जिल्ला आयोजना कार्यान्वयन ईकाइ संगको समन्वयमा विद्यालय पुनःनिर्माण तथा विपद् उत्थानशील परियोजना संचालन गरिरहेको छ, जुन परियोजनाको मुख्य लक्ष्य सिन्धुपाल्चोक जिल्लाका विद्यालयहरुको संस्थागत क्षमता सवलीकरण गरी प्राकृतिक विपत्को सामना गर्न सक्षम बनाउनु हो ।

    २७ नोभेम्वर २०१८ देखि २६ नोभेम्वर २०१९ सम्म संचालनमा रहने सो परियोजनाले सुनकोशी गाँउपालिकाका ५ ओटा विद्यालयहरु श्री जनजागृती माध्यामिक विद्यालय कालिका,श्री कालिका आधारभूत विद्यालय कालिका, श्री महेन्द्रकान्ति माध्यामिक विद्यालय कालिका, श्री वाघभैरव माध्यामिक विद्यालय ठोकर्पा र श्री रक्तकाली आधारभूत विद्यालय ठोकर्पामा विभिन्न गतिविधिहरु संचालन गदै आइरहेका छन्, जस अन्र्तगत विद्यालयका शिक्षक, विव्यस, शि.अ.स. र शिक्षा सम्वन्धीत कर्मचारीहरुको लागि विपद् जोखिम न्यूनिकरण र आकस्मिक अवस्थामा वाल संरक्षण तालिम,विद्यालय सुरक्षा योजना निर्माण,विपद्वाट वच्न नमूना अभ्यास व्यवस्थापन र सञ्चालन तथा विपद् जोखिम न्यूनिकरण सम्वन्धी विद्यार्थीहरुका लागी छलफल कक्षा सञ्चालन कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

    यसै परियोजना अन्तरगत हाल सुनकोशी गाँउपालिका ३ स्थित श्री जनजागृती माध्यामिक विद्यालयमा भुकम्प प्रतिरोधात्मक ६ कोठे २ तल्लाको भवन करिव १ करोड ८७ लाख ६३ हजार ३ सय ६४ रुपैयामा निर्माण कार्य भैरहेको छ। नयाँ विद्यालय निर्माण भएपछि स्थानीय खुसी भएका छन् ।  अस्थयी सिकाइ केन्द्रमा सञ्चालन हुँदै आएको विद्यालयको भौतिक संरचनान वन्दा पठनपाठनमा निकै समस्या झेल्दै आएका यहाँका शिक्षक र विद्यार्थीले सहजरुपमा पठनपाठन हुने भएपछि यस क्षेत्रका स्थानीय वासिन्दा उत्साहित भएका छन् ।  विद्यालयको सुरक्षित भवन नभएका कारण न्यून मात्रामा विद्यार्थी संख्या रहेकोमा अब नयाँ भवन निर्माणसँगै विद्यार्थीको अनुपातपनि बढ्ने विद्यालयले जनाएको छ ।

    बालबालिकालाई गाउँमै सहज वातावरणमा पठनपाठन गरुन् भन्ने उद्देश्यले विद्यालय तथा यहाँका स्थानीय वासीले टुकी संघ सुनकोशीलाई विद्यालय निर्माण गर्न अनुरोध गरेपछि सो भवन निर्माण गरिएको हो । विद्यालय भवन निर्माण भएपछि सुनकोशी गाँउपालिका वडा नं. ३ लगायत वरपरका २०० भन्दा बढी विद्यार्थी लाभान्वितहुने सो विद्यालयले जनाएका छन् । स्थानीय बालबालिकालाई पढ्नका लागि विद्यालय भवन निर्माण गरिदिए पछि स्थानीयवासी हर्षित भएका छन् भने सबैले सहयोगी निकायहरुलाई धन्यवाद दिँदै अन्य क्षेत्रमा पनि सहयोग गर्न आग्रह गरेका छन् ।

    टुकी संघ र चाईल्ड फण्ड जापानले निर्माण गरेका विद्यालयभवनहरु भूकम्प प्रतिरोधात्मक, अपाङ्गमैत्री र बालमैत्री कक्षाकोठा यवस्थापन पुस्तकालय तथा कार्यालय यवस्थापन समेत रहेको छ । हाल सम्म सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गा.पा. वडा न. ५ तौथली स्थित त्रिपुरासुन्दरी मा.वि. र नातेश्वर आ.वि., लिसंखुपाखर गा.पा. ६ पेट्कु स्थित देवी मा.वि. सुनकोशीगा.पा.–१ स्थित बालशिक्षा आ.वि.,सुनकोशीगा.पा. २ स्थित  कालिदेवी आ.वि , र सुनकोशी गा.पा. –३ स्थित  महेन्द्रकान्ति मा.वि. अघिल्ला वर्षहरुमा बनिसकेका छन् ।

    भवन सँगसँगै विद्यालयमा बालमैत्री खानेपानीको धारा तथा टंकी सुविधा पनिदिएको छ । विद्यालयका बालबालिका उपस्थिति दर बढाउन, विद्यार्थी प्रोत्साहन गर्न, अभिभावक शिक्षा, छात्रवृत्ति, शिक्षक तालिम, बालमैत्री विद्यालय तालिम लगायतका विभिन्न क्रियाकलापहरु यस विद्यालयहरुमा सुनौलो भविश्यका लागी शिक्षा परियोजना अन्तरगत संचालन गरिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस