२०८१ चैत्र ३१, आईतबार | Sun, 13, Apr, 2025

तराईमा हावाहुरीको वितण्डाः प्रधानमन्त्री ओली बारा र पर्सामा

  • २०७५ चैत्र १८, सोमबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति १८ चैत्र २०७५
    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापाका कार्यक्रम स्थगन गरेर आँधीप्रभावित जिल्ला गएका छन् ।
    ओली अब भद्रपुरबाट सेनाको हेलिकोप्टरमार्फत सिधै बारा गएकोे प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । हावाहुरीले बारा, पर्सालगायतमा ठूलो संख्यामा मानवीय क्षति भएको जानकारी पाएपछि ओली कार्यक्रम स्थगन गरी त्यहाँ जान लागेका हुन् ।
    झापा र मोरङका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आइतबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस