२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सिंगारियो गुफाडाँडा

  • २०७५ पौष १४, शनिबार मा प्रकाशित ५ साल अघि
  • सुन्दर शिरीष,
    १५ पुस २०७५, सिन्धुपाल्चोक ।

    मेलम्ची नगरपालिका– ९ गुफाडाँडामा हुने राष्ट्रिय जलवायु सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

    अहिले गुफाडाँडा पूरै सिंगारिएको छ । सम्मेलन स्थल भव्य रूपमा सजाइएको छ । गुफाडाँडामा ग्लोबल वार्मिङको संकेत दिने प्रतिमा बनाइएको छ । मेलम्ची नगरपालिकाअन्तर्गतको ज्यामिरेको २ हजार ५ सय २० मिटरको उचाइमा रहेको गुफाडाँडामा ग्लोबल वार्मिङको सांकेतिक प्रतिमा बाहेक अन्य पूर्वाधारको व्यवस्थापन सकिएको राष्ट्रिय जलवायु सम्मेलन मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए ।

    ११ सय रोपनी क्षेत्रफलमा फैलिएको गुफाडाँडामा जलवायु परिर्वतनले देखापरेको विश्वव्यापी समस्यालाई प्रस्तुत गर्न उक्त प्रतिमा राखिएको हो । पर्यटकीय स्थल गुफाडाँडाबाट जुगल, सुम्सरो हुँदै अन्य जिल्लाको सुन्दरतम हिमशृखंला, नगरकोटजस्ता संरचना अवलोकन गर्न सकिन्छ । पर्यटकीय विकासका लागि टेवा पुर्याउनुका साथै जलवायुबारे भव्य बहस गर्न सम्मेलनले उद्देश्य लिएको छ ।

    पर्यटकीय स्थल गुम्बैगुम्बाको सहर हेलम्बु र मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान अवलोकन गराइने कार्यक्रम राखिएको मूल आयोजक समितिका संयोजक तामाङले बताए । विभिन्न निकाय र सहयोगी हातबाट संकलनपछि हुने सम्मेलनमा झन्डै १ करोड खर्च हुने अनुमान छ । ‘स्वच्छ नेपाल, स्वथ्य नेपाल’ को नारा लिएर लोगो सार्वजनिक भइसकेको छ ।

    सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन हुने छ भने प्रदेश न ३ का मूख्यमन्त्री, मन्त्री, जिल्लाका संघीय सांसद र संसदका प्रतिनिधिदेखि जिल्लाका १२ वटै स्थानीय तहको प्रतिनिधित्व हुनेछ । सम्मेलनमा विषयविज्ञ र सम्बन्धित मंन्त्रालयका अधिकारीले जलवायु परिर्वतनसम्बन्धी कार्यपत्र पेस प्रस्तुत गर्दै व्यापकछलफल गरी सिन्धुपाल्चोकको घोषणा पत्र तयार गर्नेछन् ।

    सम्मेलनमा ७७ जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको उपस्थिति रहेनछन् । जलवायु परिर्वतनले निम्ताइरहेको असरमाथि पुस १५ देखि तीन दिनसम्म सम्मेलनमा छलफल गरिने संयोजक तामाङले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस