२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

तरुण दलको समानान्तर समिति घोषणा

  • २०७५ मंसिर २७, बिहिबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति,
    २७ मंसिर २०७५, सिन्धुपाल्चोक ।

    नेपाली काँग्रेसको युवा दस्ता नेपाल तरुण दल सिन्धुपाल्चोकको समानान्तर जिल्ला समिति घोषणा भएको छ ।

    नेपाल पत्रकार महासंघको सभाहलमा बिहीबार पत्रकार सम्मेलन मार्फत प्रमोद लामाको अध्यक्षतामा २१ जनाको समानान्तर समिति सार्वजनीक गरिएको हो । समितिको अध्यक्षमा प्रमोद लामा, उपाध्यक्ष राज गुरुङ र निरन्जन खड्का, सचिवमा निरज नेपाल, सहसचिवमा रामशरण भण्डारी, कोषाध्यक्षमा राजकुमार भण्डारी रहेका छन् ।

    सदस्यहरुमा विकाश श्रेष्ठ, श्याम तामाङ, बुदन तामाङ, राजुकृष्ण श्रेष्ठ, केदारबहादुर तामाङ, राजकुमार कार्की, कुमार घिमिरे, पेम्बा लामा, गौरब श्रेष्ठ, प्रेमलाल श्रेष्ठ, युनिक लामा, कबिता गुरुङ, भगवती कार्की, रबिन्द्र दर्नाल र वाङछेदेन तामाङ रहेका छन् । उक्त भेलाले प्रतिनिधि सभा क्षेत्र नं. १ मा तोकबहादुर श्रेष्ठ र प्रतिनिधि सभा क्षेत्र नं. २ मा कृष्णकुमार तामाङलाई क्षेत्रीय सभापती तोकेको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष प्रमोद लामाले लामो समयदेखि जिल्लामा दरुण दल नेतृत्वविहिन भएकाले नया समिति निर्माण गरिएको बताए । पार्टी छाडिसकेका दोर्जे ‘हाउडे’ लामालाई तरुण दलको अध्यक्ष मान्न नसकिने भएकाले आफ्नो नेतृत्वको संगठननै आधिकारीक भएको उनले बताए । तरुण दलको केन्द्रीय समितिले अर्को भेला, सम्मेलन नहुदासम्म दोर्जे लामा नेतृत्वको समितिलाईनै काम गर्ने अधिकार दिएकाले उनै तरुण दलको आधिकारीक अध्यक्ष भएको कांग्रेसका जिल्ला सभापति विकास लामाले बताए ।

    ‘साथीहरु पार्टीको विधान विपरित समिति घोषणा गर्दै हिँड्नुभएको छ, उहाँहरुलाइ पार्टीले कारर्बाही गर्छ’, अध्यक्ष लामाले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस