२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

‘रोयल्टी र खोलामा छाडिने पानीको ग्यारेण्टी गर अनि मात्र पानी लैजाउ’

  • २०७५ मंसिर २७, बिहिबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति,
    २७ मंसिर २०७५, हेलम्बु ।

    मेलम्ची खानेपानी प्रभाबित क्षेत्रका बासिन्दाले पानी लैजानु पहिले रोयल्टी र खोलामा छाडिने पानीको ग्यारेण्टी गरेरमात्र पानी काठमाण्डौ लैजान आयोजना पक्षसंग माग गरेका छन् ।

    ह्योल्मो-सिन्धु-मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति (साउका) ले आयोजना गरेको ‘सुप कार्यक्रम सञ्चालन तथा लेभि सरोकार बिषयक’ अन्तर्क्रियात्मक गोष्ठीमा सहभागीहरुले मेलम्ची खानेपानी आयोजना पक्ष समक्ष यस्तो माग गरेका हुन् । आफ्नो हकअधिकार गुम्ने खतरा रहेको भन्दै उनिहरुले आफ्नो पक्षमा लडिदिन जनप्रतिनिधिहरुलाई आवहन समेत गरेका छन् ।

    मेलम्ची खोलाको पानी काठमाडौं पथान्तरण पछि आफ्नो सिंचाई युत्त जमिन बाँझो हुनसक्ने उनिहरुको चिन्ता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य एवंम पुर्ब कानून मन्त्रि शेरबहादुर तामाङले कानूनलेनै स्थानियको हकअधिकार सूनिस्चीत गर्दै लगेकाले चिन्ता मान्नु पर्ने अबस्था नरहेको बताए । यस्तै प्रदेश नः३ का सामाजिक बिकास मन्त्रि युबराज दुलाल शरदले सरकारले स्थानिय बासिको भावनाको सम्बोधन गर्ने बताए । प्रदेश सभा सदस्य निमा लामाले पानी पथान्तरण पछि बाताबरणीय सन्तुलन बिग्रन नदिन आयोजना पक्षले ध्यान दिनुपर्ने बताए ।

    आयोजना मुहान क्षेत्र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मुहान क्षेत्रको बस्तिमा आवजावत गर्नको लागि पुल बनाइदिन्छु भनेर आयोजना पक्षले पटक पटक झुक्याएको बताए । यसैगरी झक्काइ रनि होभने स्थानियबासि आन्दोलित हुने अध्यक्ष शेर्पाले चेतावनि दिए । उक्त गोष्ठीमा तिन समुहमा समुहगत छलफल गरी निश्कर्ष निकालिएको थियो । पालिका स्तरीए साउका समिति बनाइनु पर्ने, पानि पथान्तरण पछि त्याहाँ सञ्चालित ट्राउड फार्म, पानी घट्ट ,सिंचाईयूक्त जमिन कतै प्रभाब पर्न नहुने, फागुण २३ भित्रमा साउकाको अधिवेशसन गरिसक्नुपर्ने ।

    स्थानीय सरकारको समन्वयमा मात्र बजेट बिनियोजन गरिनुपर्ने सहभागीहरुको निष्कर्ष रहेको थियो । आफ्नो संस्थाले प्रभाबित स्थानिए र अयोपना पक्षबिच पुलको भुमिका निर्बाह गर्ने साउकाका अध्यक्ष उपेन्द्र तामाङले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस