२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

‘अध्यक्षज्यू, अब बृद्धभत्ता पाउँछु नि ?’

  • २०७५ मंसिर १७, सोमबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति,
    १७ मंसिर २०७५, सिन्धुपाल्चोक ।

    जिल्ला सदरमुकाम चौतारासम्म जान नसकेर नागरिकता लिन नपाएकी हेलम्बु– ३ कि ७३ वर्षिय लक्ष्मी गिरीलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले गाउँमै गएर नागरिकता दिएपछि उनीमा खुसीको सीमानै छैन ।

    ‘आफू भन्दा पछि जन्मिएकाहरुले बृद्धभत्ता उहिलै लिईसके, तर मैले नागरिकता समेत बनाउन सकेको थिइन’, सदरमुकामसम्म आफू एक्लै जान सकिन, त्यहाँसम्म लैजाने कोहि भएनन् ।’ तर गाउँमै नागरिकता पाएपछि आफूलाई औधी खुसी लागेको उनले बताईन् । ‘गाउँमै आएर नागरिकता दिन्छन् भन्ने सोचेको पनि थिईन’, उनले भनिन्– ‘मलाई त असाध्यै खुसी लागेको छ ।’

    उनीमात्र हैन हेलम्बु– ४ की ७१ वर्षिय श्रीमाया तामाङ पनि गाउँमै नागरिकता ताएपछि निकै खुसी छिन् । ‘बेलैमा नागरिकता बनाउन सकेको भए एक वर्ष पहिले नै बृद्धभत्ता लिन पाहिने रै’छ थाहा थिएन ।’ आफूलाई नागरिकताको खासै काम नआउँने हुँदा भत्ता लिनकै लागि नागरिकता बनाएको तामाङ बताउछिन् । ‘अब मैले पनि बृद्धभत्ता पाउँछु हैनत अध्यक्षज्यू र ?’ खुसी हुँदै श्रीमायाले हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई प्रश्न गरिन ।

    हेलम्बु गाउँपालिकाको विषेश अनुरोधमा जिल्ला प्रशासन कार्यालयले गत बुध र विहीबार हेलम्बु गाउँपालिकामा सञ्चालन गरेको दुई दिने घुम्ती शिविरबाट लक्ष्मी र श्रीमाया मात्र हैन धेरैले घरपाहेकमा सरकारी सेवा लिने मौका पाए । घुम्ती टोलीले २ सय ६२ महिला र २ सय २३ महिला गरी ४ सय ८५ जनालाई नागरिकता वितरण गरेको छ । स्थानीय सरकारको काम भनेकोनै आफ्ना नागरिक घरपाहेकमा सरकारी शेवा उपलब्ध गराउनु भएकाले घुम्ती टोलीका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरीएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

    ‘सधै कार्यालयमा बसेर सेवा दिने बानी भएकाले दुर्गम भेगमा गएर सेवा दिँदा अफ्ठ्यारो होला की भन्ने लागेको थियो गाउँपालिकाले सहयोग गरेकाले धेरै सहज भयो’, टोली प्रमुख एवम् जिल्ला प्रशासन कार्यालयका प्रशासकीय प्रमुख केशव रिजालले भने । अब छिटै कार्यबिधि बनाएर अपाङ्गता परिचयपत्र समेत गाउँपालिकाबाटै दिन लागिएको हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख भीमप्रसाद कोइरालाले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस