२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

‘प्रशासन कर्यालयले असहयोग गर्यो’

  • २०७५ मंसिर १७, सोमबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति,
    १७ मंसिर २०७५, सिन्धुपाल्चोक ।

    पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारलाई असहयोग गरेको बताएका छन् ।

    आफ्नो पालिकामा प्रहरी पोष्ट पठाइदिन पटक पटक प्रशासन कार्यालयसँग अनुरोध गर्दा समेत कुनै सुनुवाइ नभएको अध्यक्ष लामाले बताए । केन्द्रीय सरकारको प्रतिनिधिको रुपमा रहेको प्रशासन कार्यालयले सहयोग नगर्दा स्थानीय स्तरमा शुरक्षा चुनौती रहेको स्थानीयको भनाइ छ ।

    ‘पालिकाको अनुरोधमा बैंक त आयो तर बैंकको सुरक्षा गर्ने प्रहरी छैन । जिल्लाको समग्र शान्ति सुरक्षाको जिम्मेवारी पाएको निकाएले वास्ता गर्दैन आफ्नै प्रहरी राख्ने अधिकार स्थानीय सरकारलाई छैन’, लामाले गुनासो गरे । साबिकको बाँसखर्क, बरुवा, भोताङ, गुन्सा, थाङ्पालकोट, थाङ्पालधाप, भोटेनाम्लाङ र लाँगार्चे गाउँ विकास समितिलाई मिलाई बनाइएको उक्त पालिकामा ८० प्रतिशत तामाङ तथा जनजाति समुदायको बसोबास रहेको छ ।

    पञ्चायत कालदेखिनै सो क्षेत्र झै–झगडा बढी हुने ठाउँको रुपमा पनि चिनिने गर्दछ । उदाहरणको लागि २०५४ सालको बाँसखर्क हत्या काण्डलाई लिन सकिन्छ । २०६९ साल माघ १ गते फरार अभियुक्त पक्राउ गर्न भोताङ पुगेको प्रहरी सहायक निरीक्षकको टोलीलाई अभियुक्तहरुलेनै प्रहरीको बन्दूक खोसेर आक्रमण गरेका थिए । त्यतिबेला प्रहरीको कमजोर उपस्थितिका कारण अभियुक्तहरुको आक्रमणबाट प्रहरी सहायक निरीक्षकको नाक नै भाँचिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस